Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

पौडी खेल्ने विद्यार्थीको मृत्यु

बुधबार, १३ माघ २०७२

काठमाडौँ, १३ माघ । नवलपरासीको गैँडाकोट–१५ स्थित झराही खोलामा पौडी खेल्ने क्रममा मंगलबार एकजना बिद्यार्थीको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय, रजहरका अनुसार चितवन रत्ननगर–८ बस्ने २१ वर्षीय सञ्जीवराज चालिसेको मृत्यु भएको छ । पौडी खेल्दा बेहोस भएका उनलाई चितवन मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो ।

उनले अक्सफोर्ड कलेज गैँडाकोटमा इन्जिनियरिङ् पढ्दै गरेको प्रहरीले जनाएको छ । पौडी खेल्न गएका उनका साथीहरुलाई प्रहरीले घटनाबारे सोधपुछ गरेको छ ।

रासस

प्रतिक्रिया