Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

विद्यार्थीलाई सैनिक तालिम

मंगलबार, १२ माघ २०७२

काठमाडौं १२ माघ / कपिलवस्तुको बुद्ध पदम उच्च मावि तौलिहवाको कक्षा ९ मा अध्ययरत  १६ वर्षीय अमिर अहमद मुसलमान नेपाली सेना भन्दा फरक छैनन् । 
 
अमिर नेपाली सेनाले गर्ने अधिकांश सैनिक कला प्रस्तुत  गर्न पोख्न भएका छन् ।  नेपाली सेनाको राष्ट्रिय सेवा दलद्वारा बाँकेको कोहलपुरमा सञ्चालित क्याम्पबाट तालिम लिएका विद्यार्थी अमिर सेनाले गर्ने कवाज, फिल्ड क्रयाफ्ट, वेटल क्रयाफ्ट देखि खुकुरी ड्रिल, सेरोमोनी ड्रिस, मास पिटी, एसोविक्ससम्मको सैनिक कला गर्न सक्ने भएका छन ।

अमिर अहमदमा  तालिमले सैनिक अभ्यासका साथै देश भक्ति र राष्ट्रियताप्रतिको श्रद्धा बढाएको बताँउँछन  । सय दिनसम्म तालिम लिएका अमिरले देशलाई विपद परेको अवस्थामा सबै नेपाली एकजुट हुन उत्प्ररेणा जागेको  बताउँछन ।  
‘यो तालिमले हामीलाई धेरै कुरा सिकाएको छ, सैनिक अभ्यास त सिकियो नै, प्रमुख त देश भक्ति र राष्ट्रियताको भावना पैदा गराएको छ’, उनले भने, ‘अनुसाशित बनाएको छ । समयको महत्व समेत बुझाएको छ ।’
 
अमिर अहमद आफुले पहिलो पटक देशका सबै जातजातिको रहनसहन र भेषा भुषासमेत  तालिमका अवसर थाहा पाएको बताए ।  आगलागी, भूकम्प, बाढी र पहिरोको बेला कसरी मानिस स्थानीय साधान र स्रोतबाट नै सुरक्षित राख्न सकिन्छ भन्ने समेत थाहा  पाएकोे उनले बताए ।
 
बैजनाथ उच्चमावि कञ्चनपुरको कक्षा ९ मा अध्ययन १४ बर्षिया प्रितम डगौराले आपतमा परेकालाई इमान्दारिता र बफादारिताका साथ सहयोग गर्नुपर्छ भन्ने कुरा आफुले सिकेको  बताए । 
डगौराले तालिमका अवसरमा सिकेको अनुभव सुनाउदै भने –सबैभन्दा महत्वपूर्ण त समय रहेको छ । समयप्रति सबै सचेत हुन्छन् । समय गयो भने फर्किदैन, यसप्रति हेक्का हुनु पर्छ ।
 
देशलाई संकट परेको बेला एक सबै नेपाली गएक हुनु पर्छ भन्ने कुरा आफुले तालिमबाट सिकेको डगौराले बताए ।  ‘सबैभन्दा ठूलो देश रहेछ अनि जाति, धर्म, भाइ भाइ लड्यो अरुले फाइदा उठाउँछन’, उनले भने, ‘त्यसकारण सबै नेपाली भाइभाइ एक हुनुपर्छ ।’
 
सुजङ उच्च मावि डोटी कक्षा ९ मा अध्ययरत आशा खडायतले लड्न सक्ने क्षमताको विकास गरेको बताउँछिन । ‘केटी भएर पनि देश र जनताप्रति जस्तोसुकै विपद आएपनि लड्न सकिने रहेको भन्ने थाहा भयो , केटा मान्छा भन्दा हामी पनि कम छैनौं’, उनले भनिन् ।
शाशासमेत मास पिटी, वेटल क्रयाफ्ट र खकुरी ड्रिल गर्न सक्ने भएकी छन । उनको अभ्यास हेर्दा नेपाली सेना भन्दा फरक छैन । उनले तालिममा आफनो जिल्लाको बस्तुस्थितीबारे जानकारी समेत ज्ञान भएको बताइन् । खडायत डोटीको सम्पर्ण भूगोल, धार्मिक र सांस्कृतिस्थलबारे फरर  बताउँछिन् ।
 
सो तालिमले सस्कृतिक अन्तरघुलन समेत गराएको छ । कपिलवस्तुका अमिर अहमद डेउडा सिकेका छन भने  डोटी सुरेन्द्र साउदले अवधि संस्कृतिबारेमा थाहा पाएका छन् । 
 
तालिमको क्रममा प्रत्येक दिन बेलुका सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको छ । जसले थारु, मधेशी, मुस्लीम र खस समुदायका युवा विद्यार्थी एक अर्काको कला संस्कृतिबारे जान्न पाएका छन् ।
 
सोसियल हाइयर सेकेन्डरी स्कुल कपिलबस्तु कक्षा १० मा अध्ययरत सम्झना खनाल आफुले थारु, मुस्लिमहरु संस्कृतिबारे थाहा पाएको बताइन् । उनले तालिमबाट  जस्तोसुकै समस्या जुध्न सक्ने क्षमताको विकास तालिमबाट भएको बताउँछिन् ।

तालिमका सञ्चालन खटिएका राष्ट्रिय सेवा दलका सेनानी कृष्ण  थापा क्षेत्रीले विद्यालयस्तर विद्यार्थीलाई दुई चरणमा तालिम दिएको बताए ।
 
उनले युवा विद्यार्थीलाई विपद व्यवस्थापन ,अनुशासन, निष्ठा ,वफादारिता, नेतृत्व क्षमता र राष्ट्रिय एकताको भावना फैलाउने उद्देश्यका साथ ३७ जिल्लाका ४३ विद्यालयका २ हजार ८ जना विद्यार्थीलाई तालिम उपलब्ध गराउने काम भइरहेको जानकारी दिए ।
 
सेनानी थापा क्षेत्रीका अनुसार नेपाली सेनामार्फत दुई चरण सञ्चालन हुने  तालिममा अन्र्तगत पहिलो चरण विद्यालयमा नै ७९ दिने तालिम प्रदान गरिएको छ भने २१ दिन तोकिएको स्थानमा सामुहिक रुपमा तालिम  सञ्चालन भएको छ ।
बाँकेको कोहलपुरस्थित मध्यपश्चिम पृतना तालिम शिक्षालय हाताभित्रको क्याम्पमा ५९० जनालाई तालिम दिइएको छ।
 
त्यसैगरी नवलपरासीको हात्तिवनमा १६१० जनाको तालिम सञ्चालन भइरहेको छ । कोहलपुरमा राष्ट्रिय सेवा दल भित्र केरुङ, खप्तड र काँगडा गुल्म बनाएर सैनिक संरचनामा नै उनीहरुलाई तालिम प्रदान गरिएको सेनानी खड्का क्षेत्रीले बताए । 
 
‘प्रत्येक गुल्मभित्र ३-३ वटा प्लाटुन गरि ९ वटा प्लाटुन बनाएर तालिम दिइएको छ । विपद व्यवस्थापनको समयमा यो सरचनाले महत्वपूर्ण भुमिका खेल्न सेनानी खड्का क्षेत्रीको विश्वास छ’, उनले भने, ‘विपदको अवस्थामा फिल्डमै गएर व्यवस्थित ढंगबाट काम गर्न यो सरचनाले महत्वपूर्ण भूमिका खेल्छ, यो संगठित फौज जस्तै हो ।’

अन्नपूर्ण पोष्टमा सुरेन्द्र काफ्लेले लेखेका छन् ।

प्रतिक्रिया