Edukhabar
सोमबार, ०७ असोज २०८१
खबर/फिचर

बढ्दो चिसोका कारण तराईका विहानी कक्षा पनि बन्द

सोमबार, ११ माघ २०७२

पर्सा - बढ्दो चिसोका कारण पर्साका सम्पूर्ण विद्यालयहरु बन्द गरिएको छ । आउँदो आईतबार देखि खुल्ने गरेर सोमबार देखि विद्यालयहरु बन्द गरिएको हो । जिल्ला शिक्षा समिति पर्साको आईतबार बसेको बैठकले अत्यधिक जाडोको कारण विद्यार्थीलाई स्कूल जान कठिन भएकोले वर्षे विदाबाट कट्टा हुने गरि विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।

तराईमा जारी आन्दोलनका कारण गत साउन ३० गते बन्द भएका विद्यालयमा ३ महिना पछि मंसिर ६ गते देखि विहानी समयमा पठन पाठन शुरु भएको थियो । आन्दोलनरत दलहरुले विहानी कक्षा सञ्चालन गर्न दिएसँगै विद्यालयहरु खुले पनि चिसोका कारण विद्यार्थीले सकस खेप्दै आएका छन् ।

जाडो याममा विहानको समयमा पठन पाठन गर्न दिने मोर्चाको निर्णय अब्यवहारिक भन्दै शुरु देखिनै आलोचना हुँदै आएको थियो । 

आन्दोलन सुरु भएको १०० दिन पछि मधेसी दलहरुले विभिन्न सर्त राखेर पर्सा, बारा जिल्लाका विद्यालय र कलेजहरू सञ्चालन गर्न दिएका थिए ।
विद्यालयको बस प्रयोग गर्न नपाइने, विद्यार्थीले विद्यालय पोशाक लगाउन नपाईने, विद्यालयमा कालो झण्डा राखेर पठनपाठन गराउनुपर्ने लगायतका सर्त थोपरेका थिए ।

विद्यालय त खुले, तर मोर्चाको सर्तै सर्त

प्रकाशित मिति २०७२ माघ ११ गते

प्रतिक्रिया