Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

हास्यकलाकार मनोज गजुरेलद्धारा विद्यार्थीलाई हाँस्यकृति वितरण 

सोमबार, ११ माघ २०७२

काठमाडौँ, ११ माघ । हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलले झापाको धरमपुर–८ स्थित धरमपुर पुस्तकालयलाई रु १५ हजार मूल्य बराबरका हास्यव्यङ्ग्यसम्बन्धी पुस्तक र एल्बम प्रदान गरेका छन् । 

गजुरेलद्वारा प्रकाशित हास्यव्यङ्ग्य पुस्तक जोकशास्त्र र त्यसैगरी मोदीसँग मनको कुरा र पुख्र्यौली हास्य एल्बम प्रदान गरिएको हो ।  धरमपुरमा युवा अवस्था बिताएका गजुरेलले आज ती कृति हस्तान्तरण गर्नुभएको विराट किराँतीले बताएका थिए ।  

पुस्तक एवम् एल्बम प्रदानपछि बोल्दै कलाकार गजुरेलले आउँदा दिनमा समेत आफूले थप सहयोग प्रदान गर्ने बताए । 

रासस 

 

प्रतिक्रिया