Edukhabar
सोमबार, ०७ असोज २०८१
खबर/फिचर

शिक्षकलाई शोषण

आइतबार, १० माघ २०७२

जनकपुर - धनुषा जिल्लाका निजी विद्यालयमा कार्यरत शिक्षकले सञ्चालकले विद्यालयलाई कमाउने थलोका रुपमा परिणत गरेको आरोप लगाएका छन् । निजी विद्यालय शिक्षक संगठनद्वारा आइतबार आयोजित क्षेत्रीय भेलामा सहभागी शिक्षकले विद्यालयमा कार्यरत शिक्षकलाई नियुक्ति पत्र नदिइएको, आर्थिक अवस्था सुधारको कुनै योजना नभएको, बन्द अवधिको तलब नपाएको भनी ध्यानआकर्षण गराउँदा कुनै पहल नभएको आरोप लगाए ।

भेलाले निजी विद्यालयका शिक्षकका लागि शिक्षा आयोगमा उमेरको हदबन्दी हटाउनुपर्ने, आयोग लड्दा अस्थायी शिक्षक सरह काम गरेका आधारमा मूल्याङ्कन गर्नुपर्ने र निजी विद्यालय शिक्षकको हकमा आयोगमा दरबन्दीे सुनिश्चित हुनुपर्ने माग गरेको छ ।

त्यस्तै शिक्षकलाई बिनाकारण हटाउन नपाइने, शिक्षा दिवसका अवसरमा प्रदान गरिने राष्ट्रिय पुरस्कारमा समान अधिकार पाउनुपर्ने तथा शिक्षा कार्यालयबाट हुने तालिममा सहभागिता, छोराछोरीलाई निःशुल्क व्यवस्था, सञ्चय कोषको व्यवस्थाको माग पनि भेलाले गरेको छ । रासस

प्रकाशित मिति २०७२ माघ १० गते

प्रतिक्रिया