Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

विद्यार्थी खुल्ला चौरमा पढ्न बाध्य 

आइतबार, १० माघ २०७२

काठमाडौँ, १० माघ । बैशाख १२ गते गएको विनाशकारी भूकम्पले विद्यालय भवन भत्किएपछि लमजुङका बालबालिका चिसो मौसममा समेत खुल्ला चौरमै पढ्न बाध्य भएका छन् । लमजुङको विकट क्षेत्र र उच्च पहाडी भुभागसमेत रहेको भिरकुनास्थित उलीदेवि प्राथमिक विद्यालयका विद्यार्थी यस्तो समस्या भोग्न बाध्य भएका हुन् ।

हुस्सु र तुषारोले समेत ढाक्ने उक्त विद्यालयका विद्यार्थी भूकम्प गएदेखि नै चौरमा पढ्न बाध्य भएका थिए । भूकम्प गएको लामो समयसम्म खुल्ला चौरमै पढ्न बाध्य विद्यार्थीमध्ये अहिले केहीले जस्ता र त्रिपालको टहरामा पढे पनि कक्षा ५ का विद्यार्थी भने अझै खुल्ला चौरमै पढ्न बाध्य भएका छन् । 

कक्षा ४ सम्मका विद्यार्थी भने त्रिपालले बनाइएका ३ वटा अस्थायी टहरोमा कोचिएर पढ्छन् । पाचँ कक्षाका विद्यार्थी भत्किएर जोखिममा रहेको विद्यालय भवनमा पढ्न डराइरहेका छन् । उनीहरुले अझै अस्थायी टहरोसमेत पाउन सकेका छैनन् । 

(अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया