Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

अपांग बालबालिकाको छुट्टै विद्यालय !

आइतबार, १० माघ २०७२

काठमाडौँ, १० माघ । रोल्पाका १२ बर्षीय केशव वादी दृष्टिविहिन छन् । उनी बुङ्मतिस्थित अपांग सेवा संघ विद्यालयमा कक्षा ५ मा अध्ययनरत छन् । उनी हार्मोनियममा शुक्रबार स्वरसम्राट नारायणगोपालको केही मिठो बात गर, रात त्यसै ढल्किदैछ’ बोलको गीत गाउँदै थिए ।

केशबलाई धिमे बजाएर साथ दिइरहेका थिए रामेछापका दृष्टिविहिन संगम मगरले । यस्तै सिन्धुपाल्चोकका विश्वराम दनुवार र नुवाकोटका सुमन तामाङले भुस्य (एक प्रकारको नेवारी बाजा ) र मादल बजाइरहेका थिए । रोल्पाकी दृष्टिविहिन शकुन्तला वादी, धादिङका रविन घले, पनौतिका सुनिल लामा, सोलुखुम्बुका विनायक राई र हुम्लाका अपांगता दयाराज विकले बाँसुरीमा साथ दिइरहेका थिए । 

उनीहरुले अपांग सेवा संघ बुङ्मतिको नवनिर्मित भवन अपांग सेवा संघका अनुसार भवन निर्माण गर्न स्वीट्जरल्याण्डको ज्यालंग संस्था र जर्मनीको सहायता संस्थाले ४ करोड १७ लाख ५६ हजार, केन्द्रिय बालकल्यााण समितीले ७५ हजार  र अन्य दाताले करिब २१ लाख सहयोग गरेका थिए ।  १ रोपनी २१ लाख रुपैँया खर्च भएको समितीले जनाएको छ। 

अपांग सेवा संघका अध्यक्ष दयाराम महर्जनले अपांगका अधिकार सुनिश्चित गर्न अन्तराष्ट्रिय संस्थाले सहयोग गरेकामा धन्यवाद दिएका थिए । विद्यालयमा गोरखा, जुम्ला, रुकुम र उपत्यकाका गरी ४७ जना अध्ययनरत छन् । विद्यालयले विद्यार्थीका लागी ब्रेल, लिपी, सांकेतिक भाषा र शैक्षिक सामग्री उपलब्ध गराएको छ। 

(कान्तिपुर दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया