Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

अभिभावकद्वारा विद्यालयमा तालाबन्दी !

शनिबार, ०९ माघ २०७२

काठमाडौँ, ९ माघ । विद्यालय व्यवस्थापन समिति गठन हुनुपर्ने माग राख्दै बैतडीको दुर्गा उच्च माविमा अभिभावकले शुक्रबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।  गत जेठ २१ गते भएको विद्यालय व्यवस्थापन समितिको बैठकले निर्वाचनमार्फत विद्यालय व्यवस्थापन समिति गठन गर्न खोजिँदा विवाद भएपछि अहिलेसम्म व्यवस्थापन समिति गठन गर्न सकिएको छैन । 

यसबारे जिल्ला शिक्षा कार्यालय र स्थानीय राजनीतिक दललाई पटकपटक जानकारी गराउँदा पनि सुनुवाइ नभएपछि अभिभावकले विद्यालयमा तालाबन्दी गरेको स्थानीयवासी गङ्गासागर जोशीले जानकारी दिए । 

अभिभावकले यो विषयमा सुनुवाइ नहुञ्जेलसम्म ताला नखोल्ने बताएका छन् । अभिभावकले विद्यालयमा तालाबन्दी गरिदिएपछि विद्यालयको पठनपाठन ठप्प भएको छ । 

रासस 

 

प्रतिक्रिया