Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

डेढ महिनादेखि विद्यार्थी ठेउलाले ग्रस्त !

शुक्रबार, ०८ माघ २०७२

काठमाडौँ, ९ माघ । दाङ देउखुरीस्थित एक विद्यालयमा अध्ययनरत विद्यार्थीमा ठेउला देखापरेको छ । सिसहनियाको प्राथमिक विद्यालय थकरिकोटमा अध्ययनरत विद्यार्थीमा ठेउला देखापरेको हो । 

विगत डेढ महिनादेखि त्यो रोगको बिरामी देखापरेको विद्यालयले जनाएको छ ।  कक्षा ५ सम्म सञ्चालन हुने सो विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये ७५ प्रतिशत विद्यार्थी ठेउला रोगबाट प्रभावित भएका छन् । अहिले ठेउला रोग अभिभावकमा समेत लाग्न सुरु गरेको विद्यालयका शिक्षक वसन्त चौधरीले बताए ।

यस रोगका बिरामीमा शरीरका विभिन्न भागमा फोकाफोका पर्नु, ज्वरो आउनु, शरीर कमजोर हँुदै जानु जस्ता लक्षण देखापरेको शिक्षक चौधरीले बताए ।  गाविसको विकट क्षेत्र विद्यालय रहेकाले यातायातको असुविधाका कारण बिरामीलाई सिसहनियाँबजारसम्म ल्याउन निकै अप्ठ्यारो भइरहेको स्थानीयवासीले बताएका छन् । 

त्यस्तै, जनस्वास्थ्य कार्यालयले भने ठेउला देखापरेको बारेमा जानकारी नआएको जनाएको छ । जनस्वास्थ्य अधिकृत जनार्दन गौतमले रोग फैलिएको स्थानमा टोली खटाउने बताएका छन् । 

रासस 

 

प्रतिक्रिया