Edukhabar
सोमबार, ०७ असोज २०८१
खबर/फिचर

शिक्षक विज्ञापन विरुद्ध आन्दोलन

शुक्रबार, ०८ माघ २०७२

काठमाडौ - त्रिभुवन विश्वविद्यालयले उपप्राध्यापकको लागि खोलेको विज्ञापनको विरोध गर्दै विद्यार्थीले आन्दोलनको घोषणा गरेका छन् । करारमा रहेका आफ्ना निकटकालाई स्वतः स्थायी गर्न विज्ञापन खोलेको भन्दै नयाँ शक्ति निर्माणका लागि विद्यार्थी अभियानले आन्दोलनको घोषणा गरेको हो ।

यो विज्ञापनले विश्वविद्यालयलाई धारासायी बनाउने अभियानकि संयोजक ओमकुमारी पौडेलको दावी छ ।

अभियानले माघ १० देखि १२ गतेसम्म त्रिवि सेवा आयोग अगाडि धर्ना सहित हस्ताक्षर संकलन गर्ने जनाएको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर अभियानले माघ १० गते देशै भरीका आंगिक क्याम्पसका प्रमुखलाई उक्त विज्ञापनको विरोधमा ज्ञापनपत्र बुझाउने र ११ गते सबै आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा विरोध प्रर्दशन गर्ने जनाएको छ ।

१२ देखि १३ गतेसम्म सरोकारवालाहरुसँग अन्र्तक्रिया गर्ने, १३ गते संकलित हस्ताक्षर सेवा आयोगलाई बुझाउने र १४ देखि १६ गतेसम्म क्याम्पसमा सरोकारवालाहरुसँग अन्र्तक्रिया गर्ने अभियानले जनाएको छ ।

प्रकाशित मिति २०७२ माघ ८ गते

प्रतिक्रिया