Edukhabar
आइतबार, २३ भदौ २०८१
खबर/फिचर

एक हप्ता पछि शिक्षक सेवा आयोग खुल्ने

विहीबार, १९ चैत्र २०७१

काठमाडौं १९ चैत /शिक्षक सेवा आयोगले अर्को हप्ता विज्ञापन गर्ने भएको छ । शिक्षा विभागले रिक्त शिक्षकको बिवरण उपलब्ध गराएसँगै आयोगले विज्ञापनको प्रकृया शुरु गर्ने जनाएको हो । शिक्षा विभागले देशभर ३ हजार २ सय ४९ शिक्षक दरबन्दी रिक्त रहेको बिवरण उपलब्ध गराको छ ।

पढ्नुहोस् शिक्षक विज्ञापन गर्न आयोगलाई बाटो खुल्यो

यो सँगै विज्ञापन प्रकृया शुरु गर्ने सहसचिव तथा आयोगका प्रशासकीय अधिकृत लक्ष्मीराम पौडेलले बताए । ‘आगामी हप्ता बैठक बस्छौं र नीयम अनुसार प्रकृया शुरु गर्छौ’ उनले एडुखबर सँग भने, ‘हामीसँग बिवरण नभएकोले ढिलो भएको हो, अव बिरण प्राप्त भएको छ आयोगले आफ्नो काम अघि बढाउँछ ।’ 

प्रतिक्रिया