Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

गणित ओलम्पियाडमा झापाबाट ६ विद्यार्थी

शुक्रबार, ०८ माघ २०७२

काठमाडौँ, ८ माघ । सन् २०१७ मा ब्राजिलमा हुने अन्तर्राष्ट्रिय गणित ओलम्पियाड (आइएमओ) मा भाग लिने नेपाली प्रतिनिधि छनोटका लागि झापाबाट ६ जना विद्यार्थी छानिएका छन् ।  झापाको विर्तामोडस्थित कञ्चनजङ्घा उच्च माविमा भएको जिल्लास्तरीय प्रतिस्पर्धाबाट विजय बुढाथोकी प्रथम, जेसिज ओझा दोस्रो, उज्ज्वल पौडेल तेस्रो, मयङ्क अग्रवाल चौथा, शिव चौधरी पाँचौं र आरजु अधिकारी छैटौ भएका हुन् । 

यी उत्कृष्ट ६ जनाले काठमाडौँमा हुने राष्ट्रिय छनोटमा भाग लिन पाउने भएका छन् भने राष्ट्रिय प्रतियोगिताबाट छानिने पाँच जनाले ब्राजिलमा भाग लिन जान पाउनेछन् ।  जिल्लास्तरीय छनोटमा ६३ विद्यालयका १५४ जनाले भाग लिएका थिए । 

रासस 

 

प्रतिक्रिया