Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

अनौपचारिक शिक्षाको ६४ प्रतिशत बजेट काटियो

शुक्रबार, ०८ माघ २०७२

काठमाडौँ, ८ माघ । सरकारले अनौपचारिक शिक्षा केन्द्रका लागि बर्सेनि छुट्याउँदै आएको बजेट भूकम्पको कारण देखाउँदै कटौती गरेपछि यो वर्षदेखि सुरु गरिने ‘निरन्तर शिक्षा’ कार्यक्रमको लक्ष्यसमेत घटाउनु परेको छ। सरकारले केन्द्रका लागि वाषिर्क एक अर्ब रुपैयाँ छुट्याउँदै आए पनि अहिले ३६ करोडमा झारेको छ ।

केन्द्रले पाँच लाख साक्षरका लागि यो वर्ष ‘निरन्तर शिक्षा’ र त्यसैअन्तर्गत आयआर्जनका लागि योजनासहित कार्यक्रम तय गरेको थियो । तर, सरकारले भूकम्पपछि पुनर्निर्माण गर्न भन्दै ६४ प्रतिशत बजेट काटेपछि केन्द्रले पनि एक लाख ४६ हजार १० साक्षरका लागि मात्र कार्यक्रम तय गरेको छ ।

‘पहिले एक अर्ब रुपैयाँ बिनियोजन हुन्थ्यो, यो वर्ष घटाएर ८५ करोड बनाइएको थियो, त्यसमाथि पुनर्निर्माणका लागि भन्दै ३६ करोड झारियो,’ केन्द्रका उपनिर्देशक दिनेश घिमिरेले भने, ‘यसले गर्दा निरन्तर शिक्षा घटाउनुपर्‍यो भने, आयआर्जन कार्यक्रम रद्द गर्नुपर्‍यो ।’

(कारोबार दैनिकमा प्रकाशित)

प्रतिक्रिया