Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

पाक विश्वविद्यालय आक्रमणको भत्र्सना

शुक्रबार, ०८ माघ २०७२

काठमाडौँ, ८ माघ । सरकारले पाकिस्तानको उत्तरपश्चिमी सहर पेसावरको बचाखान विश्वविद्यालयमा बुधबार भएको आतङ्कवादी आक्रमणको भत्र्सना गरेको छ ।  परराष्ट्र मन्त्रालयले पाकिस्तान सरकारलाई बिहीबार एक शोक सन्देश पठाउँदै उक्त आक्रमणको भत्र्सना गर्दै घटनामा भएको मानवीय क्षतिप्रति नेपाली जनता र नेपाल सरकारका तर्फबाट दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । 

विज्ञप्तिमा भनिएको छ “यस दुःखको घडीमा नेपाली र नेपाल सरकार पाकिस्तान सरकारको साथमा छ, यस्ताखाले कारुणिक आतङ्कवादी हमलाको हामी कडा शब्दमा निन्दा र भत्र्सना गर्दछौँ ।” 

उक्त विश्वविद्यालयमा भएको आतङ्ककारी हमलामा विद्यार्थी र प्राध्यापक गरी २१ जनाको मृत्यु भएको थियो भने दर्जनौँ विद्यार्थी घाइते भएका थिए । 

रासस 

 

प्रतिक्रिया