Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

सोमबारदेखि डा.केसी फेरी अनशन बस्ने

विहीबार, ०७ माघ २०७२

काठमाडौँ, ७ माघ । प्रा.डा.गोविन्द केसीले चिकित्सा शिक्षा र सेवा संग सम्वन्धित माग पुरा नगरिए आउँदो सोमबारदेखि आमरण अनसन गर्ने जनाएका छन् ।  डा.केसीले आफनो माग पुरा गर्न दिएका दुइ साते अल्टिमेटम बुधबार समाप्त भएपछि उनले थप पाँच दिनको समय सरकारलाई दिएका हुन् । 

बुधबार विज्ञप्ती जारी गर्दे डा।केसीले भनेका छन्, ‘चिकित्सा शिक्षा आयोग निर्माण र एउटा कथित प्रतिष्ठान सम्बन्धी विधेयक संसदबाट फिर्ता लिने लगायतका माग सहित दिएको अल्टिमेटम बुधबार सकिएको तथा ती माग पूरा गर्ने दिशामा राज्यले ठोस कदम नचालेकाले हामी नयाँ चरणको आन्दोलन सुरु गर्न बाध्य भएका छौं ।’ 

उनले स्वास्थ्य र चिकित्सा शिक्षाको क्षेत्रमा भइरहेका सुधारका प्रक्रिया अवरुद्ध गर्ने तथा विगतका सम्झौता विपरित चोर बाटोबाट नयाँ मेडिकल शिक्षण संस्थाहरु खोल्ने प्रयास भइरहेको उल्लेख गरेका छन् ।

शिक्षा मन्त्रीले माग पूरा गर्न प्रयासरत रहेको र हाल संविधान संशोधन लगायतका काममा केन्द्रित भएकाले थप केही समय आवश्यक भएको जनाएकाले माघ १० गते सम्म सरकारलाई समय दिएको उल्लेख गर्दै डा। केसीले त्यति बेलासम्म पनि माग पूरा नभए माघ ११ गते सोमबार साँझ ५ बजेदेखि आमरण अनशन सुरु गर्ने जनाएका छन् ।

भूकम्प पीडितहरु चरम संकटबाट गुज्रिरहेको उल्लेख गर्दै आफनो राजनीतिक स्वार्थ नहेरेर पुनर्निर्माण र पुनर्स्थापनाको काम तीव्र रुपमा अघि बढाउन तथा कालोबजारी लगायतका नाकाबन्दीजन्य समस्याहरु तत्काल व्यवहारिक रुपमा समाधान गर्न पनि सरकारलाई डा।केसीले ध्यानाकर्षण गराएका छन् ।

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया