Edukhabar
शुक्रबार, १४ मंसिर २०८१
अन्तैवाट

अन्तरिक्ष यात्रीसँग विद्यार्थीको कुराकानी !

विहीबार, ०७ माघ २०७२

काठमाडौँ, ७ माघ ।  काठमाडौंको बृहस्पति स्कुलमा एस्ट्रोनट्स (अन्तरिक्ष यात्री) सँग विभिन्न स्कुलका विद्यार्थीले कुराकानी गरेका छन् ।  राजधानीको नक्सालस्थित बृहस्पति विद्यासदनमा उपस्थित विद्यार्थीमध्ये २४ जनाले अन्तरिक्ष यात्रीसँग विभिन्न प्रश्नहरु सोधेर अन्तरिक्षसँग सम्बन्धित आफ्ना जिज्ञासा मेटेका थिए ।

उपत्यकाका ६ विद्यालयका विद्यार्थीले करिव १ वर्षदेखि अन्तरिक्षमा रहेका ७ जना अन्तरिक्ष यात्रीहरुसँग कुराकानी गरेका थिए ।  नेपाल मै पहिलो पटक एम्योचर रेडियोको माध्यमबाट कुराकानी गरिएको थियो । पृथ्वीबाट ४०० किलोमिटर माथि र २८ सय किलोमिटर प्रति मिनेटको गतिमा कुद्ने अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा रहेका बेलायती अन्तरिक्षहरुसँग लगभग १० मिनेट कुराकानी गरेका थिए । उनीहरुले बेलायती अन्तरिक्ष यात्री टिमोथी पिकसंग प्रश्नहरु सोधेका थिए । 

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया