Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

भागबण्डा नमिल्दा तीन विश्वविद्यालय रजिष्ट्रार विहिन 

विहीबार, ०७ माघ २०७२

काठमाण्डौँ, ७ माघ । मुलुकका तीन विश्वविद्यालयमा रजिष्टार पद रिक्त भएको महिना दिन पनि नयाँ नियुक्तिका लागी प्रक्रिया शुरु भएको छैन् ।  सुदुरपश्चिमाञ्चल विश्वविद्यालयमा गत मंसिर २६ गतेदेखि रजिष्टार पद रिक्त छ । तत्कालिन रजिष्टार डा. हेमराज पन्तको कार्यकाल सकिएपछि उक्त पद रिक्त रहेको छ । 

त्यस्तै कृषि तथा वनविज्ञान विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पुस ३० गते रजिष्टार  पद रिक्त रहेको छ।  राजनीतिक दलको भागबण्डामा पदाधिकारी नियुक्त गर्ने परम्पराका कारण सबै विविमा रजिष्टार नियुक्तिमा ढिलाई भएको हो ।

 विश्वविद्यालयको नियमअनुसार उपकूलपतिले विश्वविद्यालय आर्थिक तथा कर्मचारी प्रशासन चलाउन आफुलाई योग्य लागेको व्यक्तिको नाम रजिष्टार नियुक्तिका लागी प्रधानमन्त्री तथा कूलपतिसमक्ष प्रस्ताव गर्नुपर्ने हुन्छ । तर मुख्य दलबीच भागबण्डा नमिलेको भन्दै उपकूलपतिहरुले रजिष्टारका लागी सम्भावित व्यक्तिको नाम कुलपतिसमक्ष प्रस्ताव गर्न पाएका छैनन् । 

(अन्नपूर्णपोष्ट दैनिकमा सुर्यप्रसाद पाण्डेले समाचार लेखेका छन्)

 

प्रतिक्रिया