Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

शिक्षा परिवर्तनकारी र समाजोपयोगी हुनुपर्छ – राष्ट्रपति 

बुधबार, ०६ माघ २०७२

काठमाडौँ, ७ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले परिवर्तनकारी र समाज उपयोगी शिक्षा अहिलेको आवश्यकता रहेको बताएकी छन् ।  तनहुँको व्यास नगरपालिका–१ विज्ञान चौरस्थित आदिकवि भानुभक्त क्याम्पसद्वारा आयोजित धार्मिक एवम् शैक्षिक महोत्सव २०७२ को  बुधबार दमौलीमा उद्घाटन गर्दै राष्ट्रपति भण्डरीले अबको शिक्षा परिवर्तनकारी र समाज उपयोगी हुन आवश्यक छ राष्ट्रपति भण्डारीले भनिन् । 

ग्रामीण क्षेत्रका विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न सहयोग पु¥याउँदै आएको सो क्याम्पसको स्तरोन्नति हुनपर्नेमा समेत राष्ट्रपति भण्डारीको जोड थियो । उच्च शिक्षा हासिल गर्न नेपाली विदेशिने क्रम जारी रहेको अवस्थामा यहाँका क्याम्पसलाई गुणस्तरीय बनाउन सके उनीहरू पलायन हुन नपर्ने उनको भनाई थियो । 

विज्ञान तथा प्रविधिमन्त्री शिवलाल थापाले गरिब र विपन्न वर्गका विद्यार्थीले अध्ययन गर्ने सो क्याम्पसले फड्को मार्न आवश्यक छ भन्दै आफू त्यसको लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रममा बोन धर्मका गुरु हस्तवीर तमु, क्रिश्चियन धर्मका गुरु डा मायालु खड्का, मुस्लिम धर्मका गुरु सलिम अहमद, वाचकद्वय गोविन्दशरण महाराज, दिदी मीरादेवी, क्याम्पसका अध्यक्ष समुन्द्र गोदार, पूर्व क्याम्पस प्रमुख वैकुण्ठ न्यौपाने, क्याम्पसका उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठ, सहायक क्याम्पस प्रमुख महाप्रसाद हड्खलेलगायतकाले धार्मिक एवम् शैक्षिक महोत्सवमा सक्दो सहयोग गर्न सबैसँग आग्रह गरेका थिए । 

महर्षी वेदव्यास र आदिकवि भानुभक्तको जन्मस्थलमा रहेको सो क्याम्पसमा आयोजित महोत्सवबाट रु. पाँच करोडभन्दा बढी रकम उठाउने लक्ष्य छ । 

रासस

प्रतिक्रिया