Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

नौ महिनापछि विश्वविद्यालयको ताला खुल्यो !

बुधबार, ०६ माघ २०७२

काठमाडौँ, ७ माघ । दाङमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय बेलझुन्डीमा गरिएको तालाबन्दी नौ महिनापछि खुलेको छ ।  विभिन्न माग राख्दै कर्मचारी, विद्यार्थी र प्राध्यापक सङ्गठनले लगाएका छवटै ताला बुधबारबाट खुलेका छन् । 

विश्वविद्यालयको वार्ता समिति र आन्दोलनरत पक्षबीच भएका वार्ता र छलफलपछि तालाबन्दी खुलेको विश्वविद्यालयका शिक्षाध्यक्ष प्राध्यापक रमेशप्रसाद ढकालले जानकारी दिए । 

विश्वविद्यालयका वार्ता टोली संयोजक एवम् शिक्षाध्यक्ष ढकाल नेतृत्वको वार्ता टोली, राष्ट्रिय प्राध्यापक सङ्गठनका अध्यक्ष जर्मन चौधरी र राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष कमल पोख्रेल नेतृत्वको वार्ता टोलीबीच भएको वार्तामा विश्वविद्यालयको चौतर्फी विकासका लागि सहकार्य गर्दै अघि बढ्ने सहमति भएपछि ताला खुलेको ढकालले जानकारी दिए । 

ताला खुलेपछि बुधबारदेखि विश्वविद्यालय केन्द्रीय कार्यालयको दैनिक प्रशासनिक काम सञ्चालन भएको छ । 

रासस 

 

प्रतिक्रिया