Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

कानुन सुधारका लागि शिक्षा मन्त्रालयसंग छलफल

बुधबार, ०६ माघ २०७२

काठमाडौँ, ७ माघ । कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयले नेपालको संविधान कार्यान्वयन गर्ने सिलसिलामा निर्माण गर्नुपर्ने नयाँ कानुन तथा संशोधन गर्नुपर्ने प्रचलित कानुनको पहिचान गरिसकेपछि संविधानको व्यवस्था बमोजिमको समय सीमाभित्र कानुन सुधारका कार्य सम्पन्न गर्न विभिन्न मन्त्रालय तथा संवैधानिक निकायसँग छलफलको प्रक्रिया अघि बढाएको छ । 

मन्त्रालयका अनुसार यस क्रममा यसअघि विभिन्न मन्त्रालय लगायत मन्त्रीपरिषद तथा निर्वाचन आयोग आदिसँग छलफल भएको थियो ।  बुधबार शिक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, जनसङ्ख्या तथा वातावरण र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयसँग छलफल सम्पन्न भएको छ । 

छलफलमा मन्त्रालयका मन्त्री, सचिव तथा सहसचिवका साथै नेपाल सरकारबाट नियुक्त भएका कानुन तर्जुमा क्षेत्रका विज्ञ हरिप्रसाद न्यौपाने र माधवप्रसाद पौडेलसमेत उपस्थित थिए भने सम्बन्धित क्षेत्रका तर्फबाट ती निकायका सचिव तथा सहसचिवहरु पनि उपस्थित रहेका  मन्त्रालयका प्रवक्ता डिल्लीराज घिमिरेले  जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

रासस 

 

प्रतिक्रिया