Edukhabar
सोमबार, ०७ असोज २०८१
खबर/फिचर

विश्वविद्यालयमा आतंकवादी हमला कम्तिमा २० विद्यार्थीको मृत्यु

बुधबार, ०६ माघ २०७२

काठमाडौं - पाकिस्तानको उत्तर–पश्चिम स्थित पेसावर नजिकको चारसद्दामा अवस्थित  बच्चा खान विश्वविद्यालयमा आतंकवादीले हमला गर्दा कम्तिमा २० जना विद्यार्थीको मृत्यु भएको छ । विश्वविद्यालयका सहायक प्राध्यापक डा. सकुरलाई उदृत गर्दै बीबीसीले जनाए अनुसार आतंकवादीहरु विश्वविद्यालयको पछिल्लो भागबाट प्रवेश गरेका थिए । हमला भएको थाह पाउने बित्तिकै धेरै विद्यार्थी मुख्य ढोकाबाट भागेका थिए । विश्वविद्यालय शहरबाट केही पर खेतको बीचमा छ ।

चारजना आतंकवादी पनि मारिएका बीबीसीले जनाएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार १५ देखि २० जना विद्यार्थी मारिएको आशंका गरिएको छ भने विश्वविद्यालयबाट विद्यार्थीलाई उद्दार गरिएको छ । घाइते हुनेको संख्या भने ५० भन्दा माथि रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

तेहरिक ए तालिबानले आक्रमण आफूले गरेको दाबी गरेको छ ।

स्थानिय समयअनुसार विहान साढे ९ बजे तिर आतंकवादीहरुले बम बिस्फोट गराएका थिए । आक्रमण लगत्तै अत्याधुनिक हातहतियार सहितका सेना तथा प्रहरीले विश्वविद्यालय घेरेको छ ।
विश्वविद्यायलमा कविता कार्यक्रम भइरहेको बेला आक्रमण भएको हो । उक्त अवसरमा ३ हजार विद्यार्थी तथा ६ सय आगन्तुकहरु सहभागि रहेको पाकिस्तानको जियो न्युजले जनाएका छ ।
सन् २०१४ मा पेसावरमा विद्यालयमा भएको आक्रमणमा परी १ सय ३० विद्यार्थीको मृत्यु भएको थियो । चरसद्दा पेसावरबाट ५० किलोमिटर दुरीमा पर्छ ।

केही दिन अघि मात्रै प्रशासनले पेसावरको विद्यालयम आतंकवादीहरुले पुनः आक्रमण गर्नसक्ने सूचना पाएपछि केही विद्यालयलाई बन्द गरिएको थियो ।

प्रकाशित मिति २०७२ माघ ६ गते

तस्विर : रोयटर्स

प्रतिक्रिया