Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

शिक्षामन्त्री : भूकम्प प्रभावित विद्यालय र कक्षाकोठामा !

बुधबार, ०६ माघ २०७२

काठमाडौँ, ६ माघ । भक्तपुरको दरबारस्क्वायरस्थित श्रीपद्य उच्च माध्यमिक विद्यालयको कक्षा ६ मा एक्कासि शिक्षामन्त्री गिरिराजमणि पोखरेल पुगेपछि शिक्षक र विद्यार्थी एकछिन त छक्कै परे । 

जिल्लाकै जेठो र देशकै चौथो विद्यालयको रुपमा रहेको ९२ वर्ष पुरानो यो विद्यालयको मूल भवन नै भूकम्पले भत्काएपछि मान्द्रोले बेरेको अस्थायी सिकाइ केन्द्रमा पढ्दै आएका विद्यार्थी मन्त्री नै कक्षामा उभिएपछि छक्क परेका हुन् । 

पहिलोपटक मन्त्री अगाडि नै देखेका विद्यार्थीले मन्त्रीसँगै कुरा गर्न पाएपछि झनै मख्ख परे । मन्त्री पोखरेलले विद्यार्थीलाई सोध्नुभयो– “पढाइ कस्तो छ रु”, विद्यार्थीले जवाफ दिए “राम्रो छ” । 

“यहाँ जाडो हुन्छ की हुदैन र ?” मन्त्रीको अर्को प्रश्न सोधेपछि विद्यार्थीले जवाफ दिए “हुन्छ नि जाँडो धेरै हुन्छ ।” मन्त्री पोखरेलले अर्को प्रश्न सोध्नुभयो “भूकम्पदेखि अझै डर लाग्छ की लाग्दैन रु” विद्यार्थीले एकै स्वरमा भने “लाग्छ, धेरै डर लाग्छ ।” 

भूकम्पले क्षति पु¥याएका विद्यालयको भौतिक संरचना निर्माण आगामी तीन वर्षभित्र पूरा गर्ने घोषणा गरेर क्षतिको अवस्थाबारे बुझ्न भूकम्प प्रभावित जिल्लाको विद्यालय अवलोकन अभियानमा निस्केका मन्त्री पोखरेलले भक्तपुरका विद्यालयको अवलोकन गरेका थिए ।

उनले भक्तपुरका दुई विद्यालय श्रीपद्य उमावि र नजिकैको विद्यार्थी निकेतन उमाविको अवस्थाबारे जानकारी लिएका थिए । उनले कक्षा कोठामा विद्यार्थीसँग कुरा गर्नुका साथै स–साना बालबालिकाले गाएको राष्ट्रिय गानमा समेत सामेल भएका थिए । 

मन्त्री पोखरेललाई श्रीपद्य उमाविका प्राचार्य राम हाडाले विद्यालयमा भूकम्पले पु¥याएको क्षति र यसले सिर्जना गरेको समस्याका बारेमा जानकारी गराएका थिए ।  उनले पुनःनिर्माणको कामलाई छिटो सुरु गरेर विद्यालय भवन निर्माण गर्न मन्त्रीसँग माग गरेका थिए ।

मन्त्रीले विद्यार्थी उच्च माध्यमिक विद्यालयको समेत अवलोकन गरेका थिए ।  विद्यालयकी प्राचार्य सर्जनी जोशीले भूकम्पले भत्काएको भवन र अस्थायी सिकाइ केन्द्रको बारेमा जानकारी दिँदै विद्यालयको पुनःनिर्माण छिटो हुनुपर्ने बताए । उनले प्राविधिक शिक्षाको अनुमति दिन मन्त्रीसँग माग गरे । 

मन्त्री पोखरेलले नेपालका हरेक विद्यार्थीको शैक्षिक गन्तव्य कुनै पनि विदेशी मुलुक नभई नेपाल नै हुनुपर्ने बताए । शिक्षाको गुणस्तर सोहीअनुरुप वृद्धि हुनुपर्ने उनको भनाई थियो ।  मन्त्री पोखरेलले आगामी तीन वर्षभित्र भूकम्पले भत्काएको विद्यालयको पुनःनिर्माण गर्ने र शिक्षामा परिवर्तन गर्ने अभियान लिएर आएकाले सो अभियान पूरा गर्ने दाबी गरेका थिए ।  

रासस 

 

प्रतिक्रिया