Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

बोर्डिङलाई जित्न अंग्रेजीमा पढाइदैँ नवजागृतीमा 

बुधबार, ०६ माघ २०७२

काठमाडौँ, ६ माघ । सामुदायको माग र अभिभावकको चाहाना अनुरुप सिकाई उपलब्धिको विकास गराउन पर्वतको तिलाहारमा रहेको नवजागृत उच्च माविले फरक अभ्यास गर्दै आएको छ । बिद्यालयले अंग्रजी भाषको माध्यामवाट कक्षा संचालन गर्न थालेपछि विद्यालयमा विद्यार्थीको आकर्षण निकै बढ्न थालेको छ ।

तिन वर्ष अघि अंग्रेजी भाषामा कक्षा सञ्चालन गराउँदै आएो उक्त विद्यालयमा अहिले ७ सय भन्दा बढी बिद्यार्थी अध्यनरत छन । विद्यालयका अभिभावकको चाहाना र समयको माग अनुसार अंग्रजी भाषमा कक्षा सञ्चालन गराएको विद्यालयले बताएको छ । १ कक्षा देखि नै अंग्रेजी भाषावाट कक्षा संचालन गरेको उक्त बिद्यालयममा कक्षा ६ देखी मात्र नेपाली भाषाका कक्षा सञ्चालनमा ल्याएको छ । विद्यार्थीहरुले कक्षा ६ देखि मात्र आ–आफ्ना चाहाना अनुसारको भाषममा कक्षा लिँदै आएका छन ।

अंग्रेजी भाषामा पढाई हुन थालेपछि निजि बिद्यालय (बोर्डिङ स्कुल) छाडेर सामाुदायीक विद्यालयमा वालवालिका पढन आउन थालेका छन् । सामुदायीक विद्यालयका वालवालिकाहरु पनि चाहाना र क्षमता अनुसार दुवै कक्षामा सहभागि हुन थालेको विद्यालयले जनाएको छ । दुवै भाषामा पढाई हुन थालेपछि विद्यार्थीको संख्यामा बृद्धि भएको छ । विद्यालयका प्रअ विष्णुप्रसाद सुवेदीका अनुसार बिद्यालयले दुवै भाषाको माध्यमबाट प्रवेशिका परीक्षाको तयारी समेत गरेको छ ।

विद्याललयमा अंग्रेजी र नेपाली कक्षा सञ्चालन गराउन थालेपछि गाउँबाट बजार झर्नेहरुमा समेत कमी आएको छ । बिद्यालयको उक्त अभियानको कारण स्थानीय बासिन्दाहरुमा बोर्डिङ स्कुल प्रतिको आकर्षममा समेत केही कमी आएको शिक्षकहरुको अनुभव छ । निजी संस्थामा प्राथमीक शिक्षा हाँसिल गरेकाहरुले अंग्रेजी र सामुदायीक विद्यालयमा प्रथामीक शिक्षा लिएकाहरुले नेपाली रुचाएको विद्यालयले वताएको हो । गाउँको बसाई दिर्घकालिन गराउनका साथै र अभिभावकको रुचि र पछिल्लो समयको भाषागत शैक्षीक विकासका लगि अंग्रेजी भाषामा कक्षा सञ्चालनमा ल्याइएको सहायक प्रअ दिनेस शर्माले बताए ।

रितीन थालेका गाउँमा बसाईको वातावरण सृजना गराउन र शिक्षामा नयाँपन झल्काउन विद्यालयका शिक्षक लागी परेका छन । २४ जना शिक्षक रहेको यस विद्यालयले सामुदायीक विद्यालयलाई समुदाय अनुरुप नै उपयोगमा ल्याउन यस्तो अभ्यास गरेको हो । अभिावकहरु पनि निजी शैक्षिक संस्थाको महगों शुल्कबाट मुक्त भएका छन् । अभिभावकहरुको पनि विद्यालय प्रति चासो बढेको विद्यालयले जनाएको छ । समुदायको माग विद्यालयल पुरा गराउने हो भने समुदाय पनि विद्यालय प्रति उदार बन्छ भन्ने कुराको उदाहरण नवजागृत उच्चमाविले दर्शाएको छ ।

(धौलागिरी अनलाइनबाट)

प्रतिक्रिया