Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

अदालतका काम कारबाही विद्यार्थीसंग

बुधबार, ०६ माघ २०७२

काठमाडौँ, ६ माघ । जिल्ला अदालत धादिङले आफूले गरेका कामकारबाहीबारे नीलकण्ठ उमाविका विद्यार्थीलाई मङ्गलबार जानकारी गराएको छ । अदालतमा मुद्दा दायर गर्ने, अनुसन्धान गर्ने, फैसला हुने आदि प्रक्रियाबारे जानकारी गराइएको थियो । 

समय सर्वसाधारण जनताको न्यायालयप्रतिको नकारात्मक धारणा हटाउन र सर्वसाधारण जनतालाई अदालतको कामकारबाही बारेमा जानकारी गराउन विभिन्न गाउँमा पुगेर यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको जिल्ला अदालतका स्रेस्तेदार राजेन्द्र वाग्लेले जानकारी दिए । 

कार्यक्रममा सहभागी विद्यार्थीले अदालतबाट असहाय र विपन्न वर्गलाई प्रदान गरिने निःशुल्क कानुनी सहयताको प्रक्रिया, छनोट गर्ने आधार, मुद्दा फैसालामा हुने गरेको घुसपैठ र त्यस्ता घुसपैठ गर्नेमाथि हुने कारबाही, महिलाका कानुनी हकअधिकार जस्ता विषयमा जिज्ञासा राखेका थिए । 

विद्यार्थीहरुको जिज्ञासामा जिल्ला न्यायाधीश ईश्वरराज आचार्य र स्रेस्तेदार वाग्लेले प्रस्ट पारेका थिए ।

रासस

प्रतिक्रिया