Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

विवाह गर्दा विद्यालय प्रवेशमा रोक

मंगलबार, ०५ माघ २०७२

काठमाडौँ, ५ पुस । पढ्दापढ्दै विवाह गरेकोु भन्दै गारखाको एक विद्यालयले एसएलसीको तयारी गरिरहेका दुईजना विद्यार्थीलाई विद्यालयबाट निष्कासन गरेको छ।  मिरकोटको त्रिवेणी माविले एसएलसीको तयारी गरिरहेका योगेन्द्र कुँवर र सम्झना रानालाई विद्यालय प्रवेशमा रोक लगाएको हो।एउटै विद्यालयमा कक्षा १० मा पढ्ने कुँवर र रानाले गत मंसिर १३ गते बिहे गरेका थिए। 

'समितिको निर्णयु भन्दै विद्यालयले उनीहरूलाई त्यस दिनदेखि विद्यालयमा जान नदिएको विद्यार्थीले जनाएका छन्। विद्यालयले एसएलसी परीक्षाबाट वञ्चित गर्ने तयारी गरेपछि उनीहरू न्याय माग्न दुवै पक्षका अभिभावकलाई लिएर जिल्ला शिक्षा कार्यालय पुगेका छन्।  

'हामीले मंसिर १३ गते बिहे गरेका हौुं, सदरमुकाममा आइपुगेकी सम्झनाले भनिन्, 'बिहे गरेको केही दिनमा स्कुल गएको त किन आएको भन्दै हेड सरले मलाई गेटबाट निकाल्नुभयो। त्यो दिनदेखि स्कुल जान पाएकी छैन। सरले हामी कुनै हालतमा पनि तिमीहरूलाई यहाँ पढ्न दिन्नौं भन्नुभएको छ।' 

उनले विवाह गरेपपछि पढ्न नपाउने नियम भएनभएको विषयमा अनभिज्ञता प्रकट गरिन्।ुबिहेपछि पढ्नै नपाउने भन्ने नियम छ ररुुउनले सोधिन्, ुनियम नै छ भने त केही भन्नु छैन । हैन भने किन निकाल्ने हामीलाई एसएलसीको मुखमा ? 

एसएलसी दिने अन्तिम अवस्थामा निष्कासन हुनुपर्दा योगन्द्रले पनि चिन्ता व्यक्त गरे। 'एसएलसी आउन लाग्या छु, योगेन्द्रले भने, 'स्कुल जानै पाइँदैन । विद्यालय व्यवस्थापन समिति र हेड सरले हामीलाई स्कुल गएर पढ्न दिनुभएन। त्यसैले हामी अभिभावक लिएर जिल्ला शिक्षा कार्यालय आएका छौं । कार्यालयले जे भन्छ, त्यही गर्छौं।' 

प्रधानाध्यापक चूडामणि अधिकारीले २०६८ साल फागुन ४ गते यस विषयमा भएको निर्णय कार्यान्वयन गरेको जबाफ दिएका छन्।'एउटै विद्यालयमा पढ्ने विद्यार्थीले बिहे गरे भने निष्कासन गर्ने भन्ने यसअघिकै निर्णय छु, उनी भन्छन्, ‘मैले त निर्णय कार्यान्वयन गराउने हो। अब शिक्षा कार्यालयले जे भन्छ, त्यही गर्छु।' 

जिल्ला शिक्षा कार्यालयले आफूहरूलाई मौखिक उजुरी आएको जनाएको छ। 'हामीले पढ्ने व्यवस्था मिलाइदिन अनुरोध गरेको बेहोराको निवेदन माग गरेका छौुं, सहायक जिशिअ ठाकुरजी तिवारीले भने, ुउनीहरूबाट निवेदन पाएपछि पहिलेझैं पठनपाठनको व्यवस्था हुनेछ।' 

विद्यार्थीका अभिभावक पनि विवाहप्रति खुसी छन्। सम्झनाका बाबु टेकबहादुर र योगेन्द्रका बाबु नन्दबहादुर भन्छन्, ‘उनीहरूको विवाहप्रति हामी खुसी छौं। उनीहरूले पढ्न पाउनुपर्छ। विवाह गरेको भन्दै पढ्न नदिने कानुन कहाँ छ ? 

(अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया