Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

असहाय पढ्ने विद्यालयलाई कम्प्युटर प्रदान

सोमबार, ०४ माघ २०७२

काठमाडौँ, ५ माघ । विश्वकै स्वयम्सेवी महिलाहरुको अग्रणी संस्था इन्टरनेसनल इनरह्विल, डिस्ट्रिक–३५० नेपालले पर्वतको एक विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ । 

सदरमुकाम कुश्माबजारमा रहेको बालमन्दिर प्राथमिक विद्यालयलाई छ थान कम्प्युटर सहयोग गरेको हो । सदरमुकाममा भए पनि दलित र असहाय विद्यार्थीले मात्र पठनपाठन गर्दै आएको विद्यालयमा आधुनिक शिक्षा दिने उद्देश्यले कम्प्युटर सहयोग गरिएको इनरह्विल क्लब पर्वतले जनाएको छ । 

उक्त कम्प्युटर आइतबार पर्वतमा आयोजित कार्यक्रममा इनरह्विल डिस्ट्रिक–३५० नेपालका अध्यक्ष कमलप्रभा खरेलले विद्यालयलाई हस्तान्तरण गरेका थिए । 

रोटरी क्लब अफ पर्वत, इनरह्विल, र नेस्डो नेपालको सहयोगमा उक्त विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गर्ने तयारीस्वरुप पहिलो पटक विद्यालयलाई कम्प्युटर सहयोग गरिएको हो । कम्प्युटर पाएसँगै विद्यालयका प्रावि तहका विद्यार्थीले कम्प्युटर शिक्षा लिन पाउने भएका छन् । 

त्यस्तै छिमेकी जिल्ला बागलुङको विनामारेबाट पर्वत सदरमुकाम कुश्माबजारमा सिलाइ कटाइ व्यवसाय गरी आधा दर्जनलाई पूर्णकालीन रोजगारी, सयौँलाई सीप विकास तालिम प्रदान गरी स्वरोजगार सिर्जना एवम् हजाराँैलाई सेवा दिएको भन्दै विष्णुकुमारी शर्मालाई इनरह्विल व्यावसायिक सम्मान प्रदान गरिएको छ । 

सो अवसरमा सांसद कल्पना चापागाईंले महिलालाई राज्य र राज्यको कानुनले जति अधिकार दिए पनि स्वयम् महिला सशक्त नभएसम्म महिलाको स्थितिमा परिवर्तन नआउने धारणा राखेका थिए ।

 रासस 

 

प्रतिक्रिया