Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

साझाका पुस्तकबारे उपप्रधानमन्त्रीको ध्यानाकर्षण !

सोमबार, ०४ माघ २०७२

काठमाडौँ, ५ माघ । साझा प्रकाशनका पुस्तकलाई स्थानीय निकायबाट खरिद गर्न लगाउन उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाको ध्यान आकृष्ट गरिएको छ ।  प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा, पूर्व शिक्षामन्त्री प्रदीप नेपाल, दिनानाथ शर्मा र साहित्यकार डा। कृष्णहरि बराललगायतको समूहले सिंहदरबारस्थित उहाँकै कार्यकक्षमा सोमबार भेटेर ध्यानाकर्षण गराएको हो । 

पत्र बुझेपछि उपप्रधानमन्त्री थापाले साझाका प्रकाशनलाई स्थानीय निकायबाट खरिदको वातावरण मिलाउन सम्बन्धित निकायलाई सोमबारै निर्देशन दिने प्रतिवद्धता व्यक्त गरे ।  महाप्रबन्धक शर्माले साझाका खरिदको व्यवस्था हुनसके पठन संस्कृतिको प्रबद्र्धन हुने र संस्थाको आम्दानीमा वृद्धि हुने तथ्य अवगत गराएका थिए ।

शिक्षा तथा साहित्यका पुस्तक प्रकाशन गर्दै आएको साझाले करिब रु एक अर्बको वार्षिक कारोबार गर्ने गरेको भएपनि अहिले रु १५ करोडमा खुम्चिएको छ ।  संस्थासँग करिब रु २२ करोडका पुस्तक मौज्दात रहेको बताइएको छ ।

 रासस 

 

प्रतिक्रिया