Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

२४ सै घन्टा केन्द्रमा बसेर पुस्तक छाप्न निर्देशन !

सोमबार, ०४ माघ २०७२

काठमाडौँ, ५ माघ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जनक शिक्षा सामग्री केन्द्र लिको आकस्मिक निरीक्षण गरी प्रत्येक जिल्लामा नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा कम्तीमा १५ दिनअघि नै पुस्तक पु¥याउन केन्द्रलाई निर्देशन दिएका छन् । 

उनले कर्णालीमा फागुनदेखि सुरु हुने पठनपाठनका लागि पुस्तक पुगे नपुगेको जानकारी लिँदै २४ सै घन्टा केन्द्रमा बसेर भए पनि पाठ्यपुस्तक समयमै पु¥याउन केन्द्रका सञ्चालक समितिका सदस्य, कर्मचारी एवम् केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झालाई निर्देशन दिए ।

पाठ्यपुस्तक छपाइका लागि पहिलो प्राथमिकता केन्द्रलाई नै दिइएको बताउँदै उहाँले केन्द्रले आवश्यक पुस्तकको छपाइ नसक्ने हो भने अग्रीम जानकारी दिन आग्रह गरे ।  आगामी तीन महिनाभित्र प्रत्येक जिल्लामा अनिवार्य पुस्तक पुगिसक्नुपर्ने निर्देशन दिँदै उनले केन्द्रको आन्तरिक समस्यामा अल्झेर पुस्तक छपाइमा ढिला नगर्न आग्रह गरेका थिए ।

केन्द्रका प्रबन्ध सञ्चालक झाले मन्त्री पोखरेललाई कागज ल्याउन समस्या भएको जानकारी गराउँदै यन्त्र भाडामा लिएर भए पनि समयमै पुस्तक छपाइसक्ने प्रतिबद्धता जनाए । उनले कागजका लागि सरकारसँग रु १५ करोड माग गर्दै सञ्चालक समितिका सदस्य स्नेह सायमीले पनि समयमै पुस्तक छपाइ सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।

रासस

प्रतिक्रिया