Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

शिक्षकले अक्षर ग्रेडिङ् बुझेको छैन भन्न मिल्छ ?

सोमबार, ०४ माघ २०७२

काठमाडौँ, ४ माघ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले कक्षा १० मा लिइने एसएलसी परीक्षाको नजिता यस वर्षदेखि अक्षर ग्रेडिङ्मा बदलिएकोबारे अमलमा परेको कुरा शिक्षकले भन्न नमिल्ने बताएका छन्। 

उनले सरकारले ल्याएका नीति–नियम सही ढंगले कार्यान्वयन गर्ने काम शिक्षासँग सरोकार राख्ने कार्यालय र शिक्षकको भएकोले अक्षर ग्रेडिङ्बारे अलमलमा परेको भन्न शिक्षकले नमिल्ने बताए।

'अघिल्लै बर्षदेखि प्राविधीकतर्फ अक्षर ग्रेडिङ् थालिएकोमा अहिले पनि शिक्षकले बुझेको छैन भन्न मिल्छ' शिक्षा मन्त्री पोखरेलले आइतबार सुनसरीको इटहरीमा शिक्षा मन्त्रालयले आयोजना गरेको शिक्षा सरोकार सार्वजनिक कार्यक्रममा भने ।

सार्वजनिक कार्यक्रममा केही शिक्षकले नै कक्षा १० मा लिइने एसएलसी परीक्षाको नजितामा अक्षर ग्रेडिङ्बारे अलमलमा परेको बताएपछि मन्त्री पोखरेलले शिक्षासँग सम्बद्ध निकायलाई एसएलसीको नतिजा राम्रो ल्याउने गरी अभियान थाल्न कडा निर्देशन दिए। 'अक्षर ग्रेडिङ् सार्क मुलुकमा लागु भइसक्यो, हामी पछि छौ,' उनले भने, 'सरकारी नीति–नियम सही ढंगले कार्यान्वयन नहुदाँ समस्या भएको छ ।'

अंक ग्रेडिङ्मा चल्दै आएको कक्षा १० मा लिइने एसएलसी परीक्षाको नजिता यसै बर्षदेखि अक्षर ग्रेडिङ्मा हुने भएपनि सार्वजनिक सुनुवाईमा केही शिक्षकसँगै विद्यार्थी र अभिभावकले अन्यौल भएको गुनासो गरेका थिए । 'डि र इ ग्रेडिङ् ल्याउनेले प्राज्ञिकतर्फ माथिल्लो तह पढ्न पाउँदैन, प्राविधिक क्षेत्रतर्फ मात्र जान पाउँछ,' शिक्षा मन्त्री पोखरेलले भने ।

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया