काठमाडौँ, ४ माघ । गोरखाको मनकामना दर्शन प्रालिले मकैसिङ, ताक्लुङ गाविस र चितवनको दारेचोक गाविसका विभिन्न विद्यालयमा पढ्दै आएका विपन्न समुदायका भूकम्पपीडित विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।
लक्ष्मणबाबु स्मृति कोषले गणेश प्राविमा पढ्दै आएका ३७ जना, इच्छाकामना प्राविका २८ जना, अमरदीप प्राविका ४१ जनाका साथै तामिन प्राविका ९२ जना विद्यार्थीलाई न्यानो कपडा बाँडेको हो । मनकामना केवलकारका प्रबन्धक तथा लक्ष्मणबाबु स्मृति कोषका सचिव राजेशबाबु श्रेष्ठले विद्यार्थीलाई ज्याकेट हस्तान्तरण गरेका थिए ।
मुग्लिनको सटेप नामक संस्थाका प्रमुख रामबहादुर गुरुङको समन्वयमा चेपाङ तथा दलित बस्तीका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । कोषले बर्सेनि मनकामना केवलकार प्रभावित क्षेत्रका विपन्न, दलित समुदायलाई सहयोग गर्दैआएको छ ।
‘विपन्न विद्यार्थीको स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्दैआएका छौँं’ शनिबार आयोजित राहत वितरण कार्यक्रममा श्रेष्ठले भन्नुभयो, ‘प्रालिका संस्थापक लक्ष्मणबाबुको पहलमा मुग्लिनमा पाँच करोड लगानीमा भवन निर्माण भयो ।’ भारतीय दूतावासले विद्यालय भवन निर्माण गरिदिएको हो । केवलकारका संस्थापक लक्ष्मणबाबु श्रेष्ठको निधन भइसकेको छ ।
रासस
प्रतिक्रिया