Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

पाठ्यपुस्तक समयमै ल्याईदिन आग्रह

आइतबार, ०३ माघ २०७२

काठमाडौँ, ३ माघ । सडक सञ्जालले नछोएको डोल्पा जिल्लामा जिल्ला शिक्षा कार्यालयले निर्धारित समयमा पाठ्यपुस्तक ल्याउन आग्रह गरेको छ ।  डोल्पाका विभिन्न ठाउँमा बसेर कक्षा १ देखि १० सम्मका पाठ्यपुस्तक बिक्री वितरण गर्दै आएका छ जना विक्रेतासँगको छलफलमा यस्तो आग्रह गरिएको जिल्ला शिक्षा अधिकारी युवराज पौडेलले बताए ।

डोल्पा हिमाली जिल्ला भएका कारण फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु भई मङ्सिरमा सकिने गर्छ ।  त्यसकारण शैक्षिक सत्र २०७३ सुरु हुन करिब एक महिनामात्र बाँकी रहेको बेला जिल्लामा समयमा नै पाठ्यपुस्तक विद्यार्थीको हातमा ल्याइपु¥याउन जिल्ला शिक्षा कार्यालय डोल्पाले यस्तो छलफल गरेको हो । 

डोल्पा जिल्लामा रहेका ११५ विद्यालयमा नौ हजार १३४ जना विद्यार्थी अध्ययनरत छन् ।

रासस 

 

प्रतिक्रिया