Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

बाढीले भत्काएको विद्यालय बन्यो

आइतबार, ०३ माघ २०७२

काठमाडौँ, ३ माघ । गतवर्ष साउन ३० गतेको बाढीले भत्काएको बर्दियाको बबई नगरपालिका– ६ बाबनपुरको एक विद्यालय प्लान इन्टरनेसनल नेपालले बनाइदिएको छ । 

बबई नगरपालिका– ६ बाबनपुर गाउँको एकता प्राथमिक विद्यालयको तीन कोठे भवन, तीन कोठे अपाङ्गमैत्री शौचालय, खानेपानी र पर्खाल निर्माण भएपछि एक कार्यक्रमबीच जिल्ला शिक्षा कार्यालय बर्दियाका जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले उद्घाटन गरेका थिए ।

विसं २०६३ मा स्थापना भएको यस विद्यालयलाई स्थानीय समाजसेवी पद्मराज जैशीले चार कठ्ठा जग्गा प्रदान गरेको विद्यालयका प्रधानाध्यापक रमिला गिरीले बताए ।  २०६४ सालमा विद्यालय स्थानीयवासीले अर्ध पक्की चारकोठा बनाएपछि कक्षा सञ्चालन गरिएको थियो । 

कक्षा ३ सम्म मात्र रहेको विद्यालय गत साउन ३० गतेको बाढीले बगाएर क्षति पु¥याएको थियो । प्लान नेपालले रु ३२ लाख ५२ हजार र विद्यालयको रु ६ लाख ३८ हजार गरी कुल रु ३८ लाख ९० हजारमा विद्यालय निर्माण भएको लेखा संयोजक देवीप्रसाद देवकोटाले बताए ।

रासस 

 

प्रतिक्रिया