Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

भूकम्प प्रभावित बालबालिकालाई लत्ताकपडा 

आइतबार, ०३ माघ २०७२

काठमाडौँ, ३ माघ । राष्ट्रिय नागरिक विकास समाजले भूकम्प प्रभावित बालबालिकालाई शैक्षिक सामग्री र लत्ताकपडा वितरण गरेको छ । 

समाजले यहाँ आज आयोजना गरेको शैक्षिक सामग्री वितरण सम्मान तथा ‘नयाँ संविधान कार्यान्वयन र विकास निर्माणमा नागरिक समाजको भूमिका’ विषयक अन्तक्र्रियामा उपप्रधानमन्त्री तथा सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर कसीले विभिन्न क्षेत्रमा योगदान पु¥याएबापत डा हर्षरत्न शाक्य, व्यवसायी यादवराज शर्मा, धार्मिक व्यक्तित्व पवन न्यौपाने, समाजसेवी उमा कार्की, पर्यटन व्यवसायी केशवप्रसाद अधिकारी, शिक्षासेवी बाबुराम केसीलगायत करिब ३० जना व्यक्तित्वलाई सम्मान गरेका थिए । 

यस्तै विज्ञान तथा प्रविधि मन्त्री शिवलाल थापा र खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंहले करिब ३० जना बालबालिकालाई टिसट, टाउजर, स्कूले झोलालगायतका लत्ताकपडा, कलम र कापी वितरण गरेका थिए । 

समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री केसीले नेपालमा नयाँ संविधान जारी भएकै कारण भारतले नाकाबन्दी गरेको भन्दै सीमाङ्कन र विकासको नाममा तराईलाई अलग गर्न नहुने बताए ।  देशको राष्ट्रियता र अखण्डतालाई जोगाउनका लागि पनि नाकाबन्दीबाट पाठ सिक्दै परनिर्भर नभई आत्मनिर्भर बन्नुपर्ने उपप्रधानमन्त्री केसीको भनाइ छ । 

विज्ञान तथा प्रविधि मन्त्री थापा र खानेपानी तथा सरसफाइ मन्त्री सिंहले जनताको चाहनाअनुसारको संविधान जारी भइसकेको अवस्थामा त्यसको कार्यान्वयनका लागि सबै दलबीचको एकता हुनुपर्नेमा जोड दिए । 

विकास समाजका अध्यक्ष महेशजङ्ज कुँवरले भूकम्पपछिको पुनःनिर्माण कार्यका लागि सरकारको मात्र भर पर्नुभन्दा नागरिक तहबाटै प्रयास गर्नुपर्ने बताए ।

रासस 

 

प्रतिक्रिया