Edukhabar
शुक्रबार, १४ मंसिर २०८१
खबर/फिचर

कक्षा ११ को रिजल्ट आज, नतिजा एडुखबरमा

विहीबार, ३० पुस २०७२

भक्तपुर - परीक्षा भएको ६ महिना पछि बल्ल कक्षा ११ को नतिजा सार्वजनिक हुने भएको छ । नतिजा सार्वजनिक गर्नु अघि बिहीबार दिउँसो परीक्षा बोर्डको बैठक बोलाईएको उच्च माध्यामिक शिक्षा परिषद् श्रोतले जनाएको छ । 'परिषद्ले दिउँसो १ बजे बोलाएको छ' बोर्डका एक जना सदस्यले एडुखबरलाई भने, 'आज रिजल्ट हुन्छ ।'

मंगलबार देखि नै शुरु मिसिङ् केश मिलाउने क्रम राती अवेर सम्म पनि नसकिएपछि बुधबार विहानैबाट फेरी शुरु गरिएको थियो । त्यस पछि सबै काम सकेर परिषद्ले औपचारिकताका लागि बोर्ड बैठक डाकेको हो । बोर्ड बैठकले पारित गरेपछि औपचारिक रुपमा नतिजा सार्वजनिक हुन्छ । परिषद्ले औपचारिक रुपमा सार्वजनिक गरेपछि नतिजा एडुखबर मार्फत थाह पाउन सकिने छ । एडुखबरले, परिषद्बाट साजर्वजनिक हुने नतिजा प्रकाशनको औचिारिक स्विकृती पाएको छ ।

शुक्रबार देखि कक्षा ११ को परीक्षा फारम खुल्ने भएकाले नतिजा सार्वजनिक गर्न परिषद्लाई दवाव छ । समयमै नतिजा सार्वजनिक हुन नसक्दा परिषद्को कार्यसम्पादनमै प्रश्न उब्जिएको थियो ।
परीक्षा भएको ९० दिन भित्र नतिजा सार्वजनिक गर्नु पर्ने नियम छ । यस अनुसार गत असोजमै नतिजा सार्वजनिक हुनु पर्ने थियो । तर, परीक्षा भएको ६ महिना सम्म नतिजा सार्वजनिक नहुँदा विद्यार्थी र अभिभावक हैरान भएका थिए ।

कक्षा ११ को परीक्षा गत असार १ गते देखि भएको थियो । भूकम्पका कारण रोकिएको सात जिल्लाको परीक्षा भने असार २४ गते देखि भएको थियो ।
परीक्षामा ३ लाख ४६ हजार ५ सय ६७ जना विद्यार्थी सहभागि रहेकने परिषद्ले जनाएको छ ।

प्रकाशित मिति २०७२ पुस ३० गते

प्रतिक्रिया