Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

चिसो भूइँमा बसेर पढ्नुपर्ने बाध्यता

विहीबार, ३० पुस २०७२

काठमाडौँ, ३० पुस । जाजरकोट डाँडागाउँ गाविस वडा नं ९ मा रहेको बालहित प्रावि, सुरखालाका विद्यार्थी बस्ने ठाउँ नहुँदा भूइँमा बसेर बढ्न बाध्य छन् ।  विद्यालयमा ८० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयमा एकजना शिक्षकले पढाउनुपर्ने बाध्यता पनि रहेको छ । 

विद्यालयमा खानेपानी, शौचालय, बस्नका लागि डेस्क, बेन्चसमेत नहुँदा भूइँमा बसेर पढ्न बाध्य भएको स्थानीयवासी चन्द्र पुनले बताए ।  विसं २०६९ मा स्थापना गरिएको यो विद्यालयको भवन नहुँदा यस्तो समस्या परेको हो । खरले छाएको दुई कोठामा पठनपाठन गर्नुपरेकाले समस्या भएको पुनको भनाइ थियो । 

विद्यार्थी सङ्ख्या धेरै भए पनि विद्यालय, शौचालय, खानेपानी, अन्य भौतिक संरचना नहुँदा विद्यार्थी मर्कामा परेका छन् । 

रासस 

 

प्रतिक्रिया