Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

स्कुल पढ्ने बालबालिकालाई कम्बल वितरण 

विहीबार, ३० पुस २०७२

काठमाडौँ, ३० पुस । जाडो र शीतलहरबाट अति प्रभावित पर्साका महुअन र भिखमपुर गाविसमा अध्ययनरत सुस्तःमनस्थिति र बोल्न नसक्ने बालबालिका न्यानो कम्बल पाएपछि खुसी भएका छन् । जाडो र चिसोमा रात काट्न बाध्य भएका उनीहरुलाई स्थानीय समाजसेवी स्व डोलेन्द्रबहादुर अमात्यको स्मृतिमा उनका धर्मपत्नी कमलेश्वरी अमात्यले कम्बल प्रदान गरेको हो । स्वतन्त्र मानवअधिकार समाज केन्द्रीय कार्यालय वीरगन्जको पहलमा कमलेश्वरी अमात्यले ती गाविसमा आफैँ पुगेर उनीहरुलाई ओढ्ने न्यानो कम्बल प्रदान गरे । 

ती गाविसमा अध्ययनरत २१ जना सुस्तःमनस्थिति र बोल्न नसक्ने असहाय बालबालिकालाई कम्बल वितरण गरिएको हो । पुस महिनाको जाडो र शीतलहरबाट बच्नका लागि यस्ता सुस्तःमनस्थिति र बोल्न नसक्ने बालबालिकाले सरकारी सहयोगको अपेक्षा गरी बसेका छन्, तर सरकारको त्यहा“ उपस्थिति देखिएको छैन्, स्वतन्त्र मानवअधिकार समाजका अध्यक्ष कृष्णकुमार खनालले भने– “यस्तो बेला सरकारले पीडितप्रति उदासीन बन्नुहुँदैन ।” 

थोरै भए पनि जाडोबाट बच्नका लागि उनीहरुलाई कम्बल प्रदान गर्ने व्यवस्था मिलाएका छौँ, उनले भने– “अगामी दिनमा उनीहरुका लागि न्यानो कपडा, शैक्षिक सामग्रीलगायत आवश्यकतानुसारका अन्य सामग्री उपलब्ध गराउने गृहकार्यमा पनि जुटेका छौँ ।” 

समाजले श्रीपुर पञ्चगवा“ गाविसका अतिगरिब र विपन्न समुदायका ४५ जना ज्येष्ठ नागरिकलाई पनि कम्बल वितरण गरेको हो ।  सो अवसरमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवम् मध्यमाञ्चल संयोजक शीतलप्रसाद महतो, समाजसेवी मुकेश सराबगी र अरविन्द अमात्यले कुनै पनि धर्मको मूल चुरो मानवतालाई संस्थागत गर्नु हो भन्दै मानवताको बाटोमा हिँड्न सके समाज, राष्ट्र र विश्वमा शान्ति स्थापना हुने बताए । 

रासस 

 

प्रतिक्रिया