Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

शिक्षकको दरबन्दी मिलान भएन

बुधबार, २९ पुस २०७२

काठमाडौँ, २९ पुस । सरकारले विगत लामो समयदेखि विद्यार्थी संख्याको अनुपातमा तहगत रुपमा विषय शिक्षकको दरबन्दी उपलब्ध गराउन नसक्दा उदयपुरका कतिपय सामुदायिक विद्यालयको नियमित पठनपाठन प्रभावित हुने गरेको छ।

उदयपुरमा हरेब बर्ष माध्यामिक तहको विद्यालय थपिदै गएको तर सो अनुसार शिक्षा कार्यालयले विषयगत शिक्षकको दरबन्दी दिन नसक्दा सामुदायिक विद्यालयमा सोचे अनुसारको शैक्षिक गुणस्तर प्राप्त गर्न नसकिएको शिक्षक हकहितका लागी स्थापित विभिन्न संघ संगठनको छ । 

नेपाल शिक्षक संघ उदुयपुरका अध्यक्ष तिलक बहादुर कटवालका अनुसार कक्षा १० सम्म पढाई हुने झण्डै चार दर्जनको संख्यामा माध्यामिक विद्यालयमा माध्यामिक तहको एउटा पनि स्थायी दरबन्दी नहुँदा प्राथमिक निम्नमाध्यामिक र एउटा दुईटा राहत कोटाका शिक्षकका भरमा सबै विषयको कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता  छ। 

(गोरखापत्र दैनिकमा प्रकाशित) 

 

प्रतिक्रिया