Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

विद्यार्थी र प्रहरीबीच झडप ! दुई घाइते

बुधबार, २९ पुस २०७२

काठमाडौँ, २९ पुस । धनुषाको मिथिलेश्वर मौवाहीस्थित मिथिलेश्वर माविमा प्रध्यानाध्यापकसँग विवाद बढेपछि विद्यार्थीले दुईवटा मोटरसाइकल जलाइदिएका छन् ।  जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार प्रअलाई हटाउनुपर्ने माग गर्दै विद्यार्थी विरोधमा उत्रेपछि तनाव सिर्जना भएको थियो । 

प्रअ लष्मेश्वर मण्डलले विद्यालयको हिनामिना गरेको भन्दै विद्यार्थी विरोधमा उत्रेको बताइएको छ ।  विज्ञान, सामाजिकसहितको विषयका शिक्षकलाई हटाएर योग्य शिक्षकलाई ल्याउनुपर्ने माग पनि विद्यार्थीको थियो । विरोध प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले लाठी प्रहार गरेको थियो । 

विद्यार्थीबाट भएको ढुङ्गा प्रहारबाट दुईजना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक नकुल पोखरेलले जानकारी दिए । विद्यालयमा देखिएको विवादबारे छलफल गर्न बोलाइएको बैठकमा प्रहरी आए देखेपछि विद्यार्थी आक्रोशित भएको बताइएको छ । 

रासस 

 

प्रतिक्रिया