Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

बस दुर्घटनामा सात जना विद्यार्थी घाइते

बुधबार, २९ पुस २०७२

काठमाडौँ, २९ पुस । लेखनाथ नगरपालिकाको कालिका चोकमा मंगलबार दिउँसो जुनियर सिटिजन एकेडेमी आवासिय विद्यालयको ग १ क १००७ नम्बरको बस दुर्घटना हुँदा सात विद्यार्थी घाइते भएका छन् । 

दुर्घटनामा घाइते लेखनाथ नगरपालिका–४ बस्ने कक्षा ४ मा अध्ययनरत वर्ष १० की सलिना रानाभाट सख्त घाइते भएकाले उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

सो दुर्घटनामा घाइते स्मृति रानाभाट, सुस्मिता रानाभाट, विनिता रानाभाट, श्रुति अधिकारी, आशिष भण्डारी र एन्जल केसी भने उपचारपछि घर फर्केका छन् । बस सडकबाट १० मिटर तल खसेको थियो ।

रासस 

 

प्रतिक्रिया