Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

काभ्रेका विद्यालयमा कागजी विद्यार्थी !

मंगलबार, २८ पुस २०७२

काठमाडौँ, २८ पुस । भौतिक रुपमा नभएपनि कागजमा फर्जी विद्यार्थी देखाएर काभ्रेका अधिकांशश सामुदायिक विद्यालयले कक्षा सञ्चालन गर्दै आएको तथ्य खुलेको छ।  कक्षामा शुन्य विद्यार्थीसंख्या भएपनि विद्यालय र शिक्षा कार्यालयको तथ्यांकमा फर्जी विद्यार्थी संख्या उल्लेख गर्दै बर्षौदेखि राजनीतिक आडमा विद्यालय सञ्चालन गरिदै आएका हुन् । 

विद्यालय प्रधानाध्यापक, सा्रेतव्यक्ति र विद्यालय निरिक्षकको त्रिपक्षीय मिलोमतोमा विद्यालयमा भएका विद्यार्थीभन्दा धेरै संख्या देखाएर विद्यार्थीको फर्जी विवरण पेश गर्दै आर्थिक अनियमितता हुने गरेको रहस्य खुलेको हो । 

जिल्लामा गलत विवरण पेश गर्ने विद्यालयमा सतीदेवि प्राविमा १४ जना विद्यार्थीसंख्या रहेपनि तथ्यांकमा २० जना उल्लेख गरिएको छ ।

प्रभात प्राविमा शुन्य विद्यार्थी भएपनि तथ्यांकमा ३३ विद्यार्थी देखाइएको छ। यस्तै धनेश्वर महादेव प्राविमा ६ विद्यार्थीसंख्यालाई बढाएर २२ जना विद्यार्थी देखाई विद्यालय सञ्चालन गरिँदै आएको छ। यस बारेमा भने जिल्ला शिक्षा कार्यालय बेखबर छ  । 

(अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया