Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

माघीमा विद्यार्थीलाई साइकल उपहार !

मंगलबार, २८ पुस २०७२

काठमाडौँ, २८ पुस । दाङको गंगापरस्पुर ४ पर्सियाकी सानुमता चौधरी कक्षा ४ मा पढ्छिन् । उनले पढ्ने विद्यालय पुग्न एक घण्टा भन्दा बढी समय लाग्छ । प्रत्येक बिहान नौँ बज्नै लाग्दा उनलाई निकै हतार हुन्छ । फर्किदा रात परिसकेको हुन्छ । 

सोमबार उनले साइकल उपहार पाएकी छन् । उनीजस्ता ५० जना छात्रालेसोमबार साइकल उपहार पाएका हुन् । थारुहरुको प्रमुख पर्व माघीको अवसरमा क्रियटिङ पोसिबिलिटी नेपालले मुक्त कमैया परिवारका विद्यार्थीलाई माघीको उपलक्ष्यमा उपहार दिएको हो । 

हरेक बर्ष यो संस्थाले मुक्त कमैया परिवारका विद्यार्थीलाई साइकल वितरण गर्दै आएको छ। 

(अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया