Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

शिक्षामन्त्रीको अध्यक्षतामा योग समिति !

मंगलबार, २८ पुस २०७२

काठमाडौँ, २८ पुस । सरकारले आउँदो माघ १ गते राष्ट्रिय योग दिवस मनाउन शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षमा १३४ सदस्यीय मूल समारोह समिति गठन गरेको छ । 

शिक्षा मन्त्रालयमा सोमबार बसेको समितिको बैठकले तयारीका लागि विभिन्न निकाय र संस्थाका प्रतिनिधि रहेको समितिहरु गठन गरेको मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले जानकारी दिए ।  

संयुक्त राष्ट्र सङ्घले २१ जुनलाई विश्व योग दिवस मनाउन थालेको छ भने नेपालले माघ १ गतेलाई राष्ट्रिय योग दिवस मनाउने निर्णय गरेको छ । दिवसको प्रतीकचिह्न र आदर्श वाक्य चाँडै तय हुनेछ । 

आत्मानुशासन र शारीरिक स्फूर्तिका लागि उपयोगी योगलाई विद्यालय तहका पाठ्यक्रममा समावेश गर्न माग आएका बेला दिवसले सकारात्मक सन्देश दिने जनाइएको छ । 

रासस 

 

प्रतिक्रिया