Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

लब्धाङ्कपत्रको सट्टा ग्रेडसिट नमुना तयार

मंगलबार, २८ पुस २०७२

काठमाडौँ, २८ पुस । यही वर्षदेखि प्रवेशिका परीक्षामा अक्षराङ्कन प्रणाली लागू गरेको सरकारले सो परीक्षामा विगतमा जस्तो मार्कसिट (लब्धाङ्कपत्र) नदिई अबदेखि ग्रेडसिट दिने भएको छ । 

शिक्षा सचिव विश्वप्रकाश पण्डितको अध्यक्षतामा सोमबार बसेको माध्यमिक शिक्षा परीक्षा समितिको बैठकले सो ग्रेडसिटको नमुना पारित गरेको हो । 

परीक्षा नियन्त्रक खगेन्द्र नेपालले ग्रेडसिटमा ‘ए प्लस’दखि ‘एन’सम्मको सङ्केत हुनेछ । चालिस उत्तीर्णाङ्क ल्याउनेलाई ‘सी’ ग्रेड दिइने मापदण्ड यसअघि पारित भइसकेको छ । 

बैठकले प्रति १०० अङ्कलाई चार तहमा विभाजन गरी ग्रेड प्वाइन्ट एभरेज पनि स्वीकृत गरेको छ ।

 ‘सी’ ग्रेडभन्दा तल प्राप्ताङ्क ल्याउनेले उच्च शिक्षामा भर्ना पाउने नपाउनेबारे छलफल चलिरहेको छ । विद्यार्थीले आफू कमजोर भएका विषयमा गे्रडवृद्धि (सुधार) गर्न चाहेमा पुनःपरीक्षा दिन पाउनेछन् । 

रासस 

 

प्रतिक्रिया