Edukhabar
सोमबार, ०७ असोज २०८१
खबर/फिचर

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिलाई सफाइ, सात पदाधिकारी भ्रष्टाचारी ठहर

सोमबार, २७ पुस २०७२

काठमाडौं - मध्य पश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका तत्कालिन उपकुलपति पदमलाल देवकोटा सहित ९ जनालाई विशेष अदालतले सफाइ दिएको छ । तर, रजिष्ट्रार ठकेन्द्र गिरी सहित सात पदाधिकारीलाई भने भ्रष्टाचारी ठहर गरेको छ ।

विश्वविद्यालयमा भ्रष्टाचार गरेको ठहर सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपकुलपति सहित १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । दायर मुद्धाको सुनुवाई गर्दै सोमबार अदालतले जरिवाना र कैद फैसला सुनाएको हो ।

जस अनुसार रजिष्ट्रार गिरीलाई १ वर्ष ९ महिना कैद र ६ लाख ८२ हजार जरिवाना हुने भएको छ । विशेष अदालतका अनुसार भ्रष्टाचारी ठहर हुनेमा लेखा नियन्त्रक कमल केसीलाई ७ महिना कैद तथा २ लाख ७३ हजार जरिवाना तोकिएको छ ।

यस्तै गणेश बहादुर राउतलाई ७ महिना कैद र २ लाख ९३ हजार,  पारसमणी गिरीलाई ६ महिना कैद र १ लाख ७८ हजार जरिवाना, सुचन गौलीलाई ७ महिना कैद र ३ लाख १७ जरिवाना, गगनसिंह बोहोरालाई ६ महिना कैद र १ लाख ५८ हजार र जिवनकुमार थापालाई  ६ महिना कैद र १ लाख ६ सय ८७ रुपैंया जरिवानाको फैसला गरेको छ । 

उपकुलपति देवकोटा सहित केशरशिंह राना, नवराज कँडेल, मस्तवहादुर गरम्जा, श्रीरामप्रसाद उपाध्याय, पिताम्वर ढकाल, रामचन्द्र अर्याल, गणेश बहादुर केसी र लालमणी आचार्यले भने सफाइ पाएका छन् ।

प्रकाशित मिति २०७२ पुस २७ गते

प्रतिक्रिया