Edukhabar
सोमबार, ०७ असोज २०८१
खबर/फिचर

आंशिक शिक्षक नियुक्ति रोक्न माग सहित आन्दोलन

सोमबार, २७ पुस २०७२

बुटबल - तत्काल करार नियुक्ति गर्नुपर्ने र पुराना आंशिक शिक्षकहरुको व्यवस्थापन गर्नु भन्दा अघिनै आंशिक शिक्षक नियुक्ति प्रक्रिया रोक्नुपर्ने दुई सूत्रीय माग सहित त्रिभुवन विश्वविद्यालयका उपत्यका बाहिरका सात क्याम्पसका आंशिक शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । धवलागिरी बहुमुखी क्याम्पस बागलुङ, बुटबल बहुमुखी क्याम्पस, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, सुर्खेत शिक्षा क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस, गोरखा क्याम्पस र महेन्द्र बहुमुखी क्याम्पस दाङ रहेका छन् ।

यी क्याम्पसहरुको शनिबार बुटबलमा भएको भेलाले आन्दोलनमा जाने निर्णय गरेको हो । आन्दोलनको पहिलो चरणका कार्यक्रमहरुमा भेलाका निर्णयहरु सार्वजनिक गर्ने, भेलाका निर्णयहरु राखेर सम्बन्धित क्याम्पस प्रमुखलाई ज्ञापन पत्र दिने, माघ ४ गते वैचारिक संघ संगठन, प्राध्यापक संघसँग मागका सम्बन्धमा छलफल गर्ने रहेका छन् । यस्तै माघ ६ र ७ गते क्याम्पस प्रमुखको कार्यकक्षमा २ घण्टा धर्ना दिने, ८ र १० पेन डाउन गर्ने, ११ गते क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चित कालीन धर्ना दिने रहेका छन् ।

यति गर्दा पनि निष्कर्ष ननिस्केमा दोस्रो चरणमा क्याम्पसमा तालाबन्दी गर्ने सम्बन्धित क्याम्पसहरुको तर्फबाट निर्मित संघर्ष समितिका संयोजक शिवशरण ज्ञवालीले जानकारी दिए । सोही भेलाले धवलागिरी बहुमुखी क्याम्पस बागलुङका ज्ञवालीका अध्यक्षतामा सात सदस्यीय संघर्ष समिति समेत निर्माण गरेको छ ।

तस्विर ईन्टरनेट

प्रकाशित मिति २०७२ पुस २७ गते

प्रतिक्रिया