Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

प्राविधिक शिक्षातर्फ आकर्षण बढ्दो

सोमबार, २७ पुस २०७२

काठमाडौँ, २७ पुस । पछिल्लो समय विद्यार्थी प्राविधिक शिक्षातर्फ आकर्षित हुन थालेका छन् ।  योग्यता र क्षमताको आधारमा रोजगारको अभाव हुने समस्या बढेसँगै आमविद्यार्थीको ध्यान प्राविधिक शिक्षालयले तान्न थालेको हो ।

विशेष गरी निर्माण, स्वास्थ्य, कृषिलगायत प्राविधिक शिक्षातर्फ विद्यार्थीको ध्यान केन्द्रित हुँदै गएको पाइन्छ । जिरी प्राविधिक शिक्षालयमा ३३ औँ समूहका लागि विद्यार्थीको भर्ना खुलेको सूचना प्रकाशन गरेसँगै भर्ना हुन आउने विद्यार्थीको चाप देखिएको सहप्रधानाध्यापक गोपाल जिरेलले बताए ।

जिरी प्राविधिक शिक्षालयको शनिबार सम्पन्न् विद्यार्थी भर्ना छनोट परीक्षामा कृषि, निर्माण र स्वास्थ्यतर्फ गरी १२० जना विद्यार्थीलाई अध्ययन गराइने भए पनि ३७८ जनाले भर्ना फारम भरेका छन् । प्राविधिक शिक्षा हासिल गरेका विद्यार्थीले चाँडै नै रोजगार पाउने र स्वरोजगार बन्ने भएकै कारण सैद्धान्तिक शिक्षा छाडेर प्राविधक शिक्षा लिनेको सङ्ख्या बढ्दै गएको छ ।

शिक्षालयमा भर्ना हुन दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गा, ताप्लेजुङ, दैलेख, कालिकोट, प्यूठानलगायतका जिल्लादेखि विद्यार्थी आएको शिक्षालयले जनाएको छ । स्वीस सरकारको सहयोगमा २०४० सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको जिरी प्राविधिक शिक्षालयबाट हालसम्म विभिन्न विषयमा प्राविधक तयार भइसकेका छन् । 

भूकम्पले शिक्षालयको भौतिक संरचनामा ठूलो क्षति पु¥याएपनि पुनःअध्ययन केन्द्र निर्माण गरी नियमित रुपमा कक्षा सञ्चालन भइरहेको छ । 

रासस

प्रतिक्रिया