Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

सिमा क्षेत्रका विद्यालयमा विद्यार्थी घटे 

सोमबार, २७ पुस २०७२

काठमाडौँ, २७ पुस । तराई केन्द्रित आन्दोलनपछि मोरङको सीमा क्षेत्रका विद्यालयमा विद्यार्थी संख्या आधाभन्दा बढीेले घटेको छ।  सिमावर्ती बुधनगरस्थित दुर्गामाविको कक्षा ९ र १० मा अध्ययनरत ४८ बालबालिका विदालय नै आउन छाडेका छन् । 

विद्यालय भर्ना भएका सबै आन्दोलनअघि आउथे, प्राचार्य हरि मण्डलले भने मधेस  आन्दोलन शुरुभएसंगै विद्यार्थी संख्या घटेको हो ।  उनका अनुसार मधेस आन्दोलनअघि कक्षा १० मा ६८ विद्यार्थी नियमित हाजिर हुन्थे तर चार महिनाअघि कक्षा १० मा २१ जना विद्यार्थी विद्यालय नै आएका छैनन् । 

यस्तै कक्षा ९ मा पनि ६२ जना भर्ना भएकामा अहिले ३५ जनामात्रै नियमित विद्यालय आउने गरेका छन् ।

(कान्तिपुर दैनिकमा विनादे भण्डारीले समाचार लेखेका छन्।)

 

प्रतिक्रिया