Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

इन्ट्रिग्रिटी आइडल नेपाल–२०१५ शिक्षाका दीपक श्रेष्ठलाई 

सोमबार, २७ पुस २०७२

काठमाडौँ, २७ पुस । एकाउन्टिविलिटी ल्याब नामक संस्थाले आयोजना गरेको ‘इन्ट्रिग्रिटी आइडल नेपाल–२०१५’ मा अपाङ्गमैत्री र गुणस्तरीय शैक्षिक अभियानमा सक्रिया बेनी सामुदायिक उच्च माविका प्रमुख दीपक श्रेष्ठ र महिला हिंसा न्यूनीकरणका साथै महिला सशक्तीकरण र सचेतनाको काममा लाग्ने महिला र बालबालिका केन्द्रकी भुवनकुमारी राई सम्मानित भएका छन् ।

यस्तै इमान्दार र जवाफदेही जनसेवकलाई राष्ट्रिय सम्मान गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले प्राप्त गर्न सफल भएका हुन् ।  उपप्रधानमन्त्री एवम् सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले प्रमुख जिल्ला अधिकारी कँडेललाई ‘इन्ट्रिग्रिटी आइडल नेपाल–२०१५ को उपाधिसहित सम्मान गरेका थिए । 

सो अवसरमा उपप्रधानमन्त्री केसीले मुलुकलाई अन्य समुन्नत मुलुक जस्तै बनाउन राष्ट्रसेवक कर्मचारी लाग्नुपर्ने भन्दै निजी स्वार्थपूर्तिमा नलागी राष्ट्रका लागि केही गर्छु भन्ने व्यक्तिले अवश्य राम्रो काम गर्ने बताए ।

उनले राष्ट्रसेवक कर्मचारीले आफ्ना व्यक्तिगत स्वार्थलाई तिलाञ्जलि लिएर सामूहिक रुपमा मुलुकको हितमा काम गर्नु महत्वपूर्ण भएकाले उनीहरुको योगदानको सम्मान गर्नुपर्ने बताए ।  सो प्रतियोगितमा कुल ११३ जना राष्ट्रसेवक कर्मचारीले भाग लिनुभएको थियो । त्यसमा उत्कृष्ट पाँचलाई अन्तिम चरणमा प्रतियोगितामा समेत गराइएको थियो । 

‘टच टु फाइन्ड’ अभियानलगायतका काम सञ्चालन गरी जवाफदेही प्रवद्र्धन गर्नुहुने गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कँडेल, सामुदायिक विद्यालयको गुणस्तर सुधार अभियानमा लाग्नुहुने रामनारायण शाह, वन्यजन्तुको चोरी सिकारी रोक्ने अभियान सञ्चालन गर्नुभएका बर्दिया राष्ट्रिय निकुञ्जका सहायक व्यवस्थापन अधिकृत रमेशकुमार थापा रहेका थिए ।

मतका आधारमा आइडल छनोटको कार्य गरिएको थियो । कुल ४६ हजार ९९३ मत खसेकामो १७ हजार ८३२ मत प्राप्त गरी गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कँडेल आइडल हुन सफल भएका थिए ।  उक्त प्रतियोगितको निर्णायक मण्डलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको संयोजकत्वमा, पूर्व मन्त्री गणेश साह र प्रशासकीय अदालतका प्रमुख काशीराज दाहाल रहेका थिए । 

सो संस्थाले गत वर्षदेखि इमान्दार र जवाफदेही राष्ट्रसेवक कर्मचारीलाई ‘इन्ट्रिग्रिटी आइडल अवार्ड प्रदान गर्दै आएको छ ।

रासस 

 

प्रतिक्रिया