Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

प्राविधिक शिक्षाबाट स्वदेशमा रोजगार सिर्जना

आइतबार, २६ पुस २०७२

काठमाडौँ, २६ पुस । प्राकृतिक एवम् धार्मिक क्षेत्रको आम्दानीबाट समाजमा सञ्चालित शैक्षिक संस्थाहरुले स्वदेशमै रोजगारीको सिर्जना हुनेखालको प्राविधिक शिक्षातर्फ ध्यान दिनुपर्ने शनिबार पोखरामा आयोजित एक कार्यक्रममा जोड दिइएको छ । 

पोखराको महत्वपूर्ण पर्यटकीयस्थल छोरेपाटनमा सञ्चालित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको छौटौँ वार्षिक साधारणसभामा बोल्ने वक्ताहरुले प्राकृतिक स्रोतको पहिचान गरी उपयोग गर्नुपर्ने बताए ।

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले सो साधारणसभाको उद्घाटन गर्दै पोखरा आसपासका धार्मिक क्षेत्रलाई समेटेर धार्मिक पर्यटन प्रवद्र्धनमा जोड दिइनुपर्ने विचार व्यक्त गरे ।

गुप्तेश्वर गुफाद्वारा सञ्चालित सो क्याम्पसमा हाल व्यवस्थापन र शिक्षा सङ्कायको बिहानी सेवामा कुल २५४ विद्यार्थी अध्ययनरत रहेको क्याम्पस प्रमुख घनश्याम तिवारीले जानकारी दिए ।  

क्याम्पस सञ्चालनका लागि गुफाले डेभिडफल नजिक खरिद गरेको छ रोपनी जग्गा रु दुई करोडको लागतमा २० कोठे तीनतले पक्की भवन निर्माण सुरु गरेको छ । 

सो गुफाको आम्दानीबाट गत आवमा पार्दी उच्च माविलाई रु ७५ हजार, जानकी निमाविलाई रु ५० हजार र भविष्य उच्च माविलाई रु ७५ हजार आर्थिक सहयोग गर्दै आएको गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

रासस

प्रतिक्रिया