काठमाडौँ, २३ पुस । कपिलवस्तुका रामु ढकालले स्नातकसम्म अध्ययन गरेका छन्। बुधबार उनले नेपालगन्जस्थित क्षेत्रीय तालिम केन्द्रबाट प्रहरी जवानको कोर्स पूरा गरे। न्यूनतम ८ कक्षा शैक्षिक योग्यता भए पुग्ने जवान पदमा जागिर पाउँदा उनमा कुनै आत्मग्लानि भने छैन।
योग्यता भयो भने जहाँ पनि राम्रो काम गरेर देखाउन सकिन्छ, 'प्रफुल्लित मुद्रामा उनले भने, 'त्यसैले बिबिएस पढाइ सके पनि जवानमा भर्ना हुन तयार भएको हुँ।'
सरकारले प्रहरी जवानका लागि न्यूनतम शैक्षिक योग्यता ८ कक्षा तोके पनि पछिल्लो समय उच्च शिक्षा हासिल गरेका युवा पनि उक्त पदमा भर्ती हुन आकर्षित छन्। उच्च शैक्षिक योग्यतासहित प्रहरी संगठनमा प्रवेश गरेका शिक्षित युवाहरुले एकातिर संगठनमा योग्यताअनुसार अवसर र जिम्मेवारी पाउँछन् भने अर्कोतिर उनीहरुको कार्याकौशलले स्वयं संगठन र समाजले समेत प्रशस्तै लाभ पाउने गरेको छ।
बुधबार देशका विभिन्न तालिम केन्द्रबाट २ हजार ५ सय ३ प्रहरी जवान दीक्षित ९पास आउट० भए। तालिमकेन्द्रहरुले दिएको विवरण केलाउँदा २ दशमलब ४३ प्रतिशत (६१ जना) मात्र एसएलसीमुनि ९अन्डर एसएलसी० शैक्षिक योग्यता भएका भेटिए।
तथ्यांकअनुसार २९ स्नातक, ८ सय ६४ प्लसटु र १ हजार ५ सय ४९ एसएलसी उत्तीर्ण छन्। 'पछिल्लो समय प्रहरी संगठनमा न्यूनतमभन्दा माथिल्लो शैक्षिक योग्यता हासिल गरेका युवाको संख्या अत्यधिक देखिन्छ,' नेपाल प्रहरी मानवस्रोत विकास विभागका एसपी विकास श्रेष्ठ भन्छन्, 'यसले प्रहरी संगठनलाई मात्र प्रत्यक्ष लाभ मिल्दैन, स्वयं उनीहरुलाई पनि योग्यताअनुसार अवसर मिल्दै जान्छ।'
नेपालगन्ज, सुर्खेत, दिपायल, बुटवल, नवलपरासी, विराटनगर र काठमाडौं ९नक्साल, महाराजगन्ज०मा गत जेठदेखि सुरु प्रहरी जवानको तालिम बुधबार सकिएको छ। यो जवानअन्तर्गत एक सय ३१ औं समूह हो। सम्बन्धित सबै तालिम केन्द्रमा बुधबारै दीक्षान्त समारोह गरिएको एसपी श्रेष्ठले बताए।
मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआइजी केशव अधिकारी शिक्षित प्रहरीबाट सबैभन्दा बढी लाभ समाजले लिने बताउँछन्। उनका अनुसार पढेलेखेका प्रहरी खटिएका ठाउँमा सुजबुजका साथ कार्यसम्पादन भएका दृष्टान्तहरु थुपै्र छन्। 'शिक्षित प्रहरी खटिएको ठाउँमा मानवअधिकार संरक्षणदेखि समाजका समस्याहरु सहज रुपमा समाधान हुने गरेका छन्,' उनले भने, 'यसले प्रहरी संगठनप्रति जनविश्वास पनि बढाउँदै लगेको छ।'
माथिल्लो शैक्षिक योग्यता भएका जवानलाई दक्षताअनुसार सूचना–प्रविधि, लेखालगायत विविध क्षेत्रमा परिचालन गर्ने गरिएको उनले बताए। यही ुनीतिु का कारण नयाँ भर्ती भएका उपल्लो शैक्षिक योग्यताधारी प्रहरी पनि निकै उत्साही देखिन्छन्।
अनमी पास गरेकी प्युठानकी कमला पुन मगरले जवान भए पनि आफ्नो योग्यताअनुसार जिम्मेवारी पाइने आशा व्यक्त गरिन्। 'एसएलसी गरेपछि गुल्मीबाट अनमीसमेत पास गरेँ, तैपनि स्वास्थ्य क्षेत्रमा जागिर खान पाइएन,' उनले भनिन्, 'अब प्रहरी संगठनमै प्राविधिक क्षेत्रमा जिम्मेवारी पाउने आशा लिएकी छु।'
नेपाल प्रहरीका विभिन्न अस्पताल, स्वास्थ्य इकाइ र कार्यक्रम भएकाले ती ठाउँमा उचित जिम्मेवारी पाउने विश्वास उनमा छ। उनीसँगै पासआउट भएकी रुकुमकी मनिषा गिरी स्नातक अध्ययन गर्दैछिन्। उनको योजना भने तत्काल असईमा प्रतिस्पर्धा गर्नेछ। राम्रो योग्यता लिएर प्रवेश गरेपछि अघि बढ्नका लागि सहज हुने उनले बताइन्।
'आफूसँग योग्यताको प्रमाणपत्र भएकाले अहिले जवानबाट काम सुरु गरे पनि भोलि माथिल्लो पदमा जान सजिलो हुन्छ,' उनले भनिन्, 'यही आशाले यति धेरै पढेर जवान भइएछ भन्ने लाग्ने कुरै छैन।'
कतिपय जवानले भने तालिम अवधिमै असईमा प्रतिस्पर्धा गर्ने मौका पाइसकेका छन्। बुटवलबाट तीन र नेपालगन्जबाट एकजना त असई नै भइसकेछ। 'मेरो पनि लिखितमा नाम निस्किएको थियो, मौखिकमा फालिएँ,' रामुले नागरिकसँग भने, 'अर्कोपटक प्रयास गरे कसो असई नभइएलारु'
क्षेत्रीय प्रहरी तालिम केन्द्र, नेपालगन्जका एसएसपी दानसिंह बोहरा जवानले 'डन्डाु मात्रै बोक्नुपर्छ भन्ने भ्रमलाई उनीहरुको शैक्षिक योग्यता र अन्य क्षमताले हटाएको बताउँछन्। उनका अनुसार शिक्षित र दक्ष जवानले संयुक्त राष्ट्र संघीय मिसनदेखि संगठनभित्र अन्य महŒवपूर्ण जिम्मेवारी पाउँदै आएका छन्। 'पढे–लेखेको र अंग्रेजी राम्रो भएका जवान युएन परीक्षा पास गरेर शान्ति मिसनमा जान सक्छन्, उनीहरुको 'पर्फमेन्सु नै फरक हुन्छ,' उनले भने, 'शिक्षाको सम्मान त जहाँसुकै हुन्छ।'
नेपाल प्रहरीमा शिक्षित जनशक्तिको लहर यसरी बढेको छ कि सामान्य लेखपढ ९सालेप० को लागि तोकिएको तालिम केन्द्रमा समेत माथिल्लो योग्यता हासिल गरेका जवान भर्ती भएका छन्। हेटौंडास्थित गणमा ६८ सालेपलाई तालिमका लागि पठाइएको थियो। तर, त्यहाँ पाँच जना एसएलसी र तीन जना प्लसटु गरेका भेटिए। गणका एसपी नवराज भट्टका अनुसार फारम भर्ने क्रममा माथिल्लो शैक्षिक योग्यता उल्लेख गर्दा भर्ना नलिने भयले उनीहरुले वास्तविक योग्यता लुकाएका थिए।
तालिमक्रममा उनीहरुले माथिल्लो शैक्षिक योग्यता हासिल गरेको खुलाए,' उनले भने, 'यसले प्रहरी जवानमा समेत शिक्षित जनशक्ति हाबी भइरहेको देखाउँछ।'
आरक्षितमा पनि शिक्षित
नेपाल प्रहरीले खुला प्रतियोगिताबाट हुने कुल सिटमध्ये ४५ प्रतिशत महिला, आदिवासीरजनजाति, मधेसी, दलित र पिछडिएको क्षेत्रको लागि आरक्षणको लागि आरक्षण दिने गरेको छ। तर, आरक्षण कोटामा समेत न्यूनतमभन्दा माथिल्लो योग्यता भएका व्यक्तिहरु भर्ना हुने गरेका छन्।
एसएसपी बोहरा लिखित परीक्षा लोकसेवा आयोगले लिने र अन्य परीक्षामा पनि निश्पक्षता कायम हुने भएकोले शिक्षित र योग्य व्यक्ति छनोट हुने क्रम बढेको बताउँछन्। 'भनसुनभन्दा लेखपढ र क्षमता हेरिने भएकोले प्रहरी जवानमा शिक्षित व्यक्ति आउन थालेका छन्,' उनले भने, 'यसको लागि प्रहरी संगठन र समाजले लिन सक्छन्।'
(नागरिक दैनिकमा कलेन्द्र सेजुवालले समाचार लेखेका छन् ।)
प्रतिक्रिया